छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाए | Khabarhub Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाए


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

शनिबार र आइतबार देशभरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ६ जनाले ज्यान गुमाएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार र आइतबार काठमाडौं  उपत्यकामा १ र उपत्यकाबाहिर ५ जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसारको चाँगुनारायण नगरपालिका-७ खरिपाटी भद्रकालीस्थित सडकमा बा.प्र.०२- ०२५ प १४०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका निवासी ४० वर्षीय रामराज राईको मृत्यु भएको छ। उनी भक्तपुरको खरिपाटी बस्दै आएका थिए।

उता कञ्चनपुरको बेलौरी नगरपालिका-५ मैनाहस्थित सडकमा कलुवापुरबाट बेलौरीतर्फ जाँदै गरेको से.२ त २२५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा लालझाडी गाउँपालिका-६ चान्देउ निवासी ३५ वर्षीय सुरेश चौधरीको घटनास्थलमै मृत्यु भएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० बसपार्क पिपलबोटस्थित सडकमा बा.प्र.०३-००५ प ३५११ नम्बरको स्कुटरलाई प्र.२-०३-००१ ख ६८५४ नम्बरको टिपरले शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ५५ वर्षीय भीमबहादुर बिडारीको मृत्यु भएको छ।

त्यस्तै झापाको बिर्तामोड नगरपालिका-५ मुक्तिचोकमा चारपानेबाट काकडभिट्टातर्फ जाँदै गरेको प्र.१-०१-००२ च १९० नम्बरको कारको ठक्करबाट मेचिनगर नगरपालिका-१२ बस्ने ११ वर्षीय सन्तोष रोकाको शनिबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका-८ पिपिरीस्थित सडकमा नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै सु.प.प्र.०२००१ख१२९१ नम्बरको हायसको ठक्करबाट पैदलयात्री कोहलपुर नगरपालिका-८ पिपिरी बस्ने २८ वर्षीया लालसरी बुढाको शनिबार साँझ मृत्यु भएको छ।

नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-७ बन्दास्थित सडकमा सूर्यपुरादेखि गुठीप्रसौनतर्फ जाँदै गरेको यूपी ५६ एई ३१३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सरावल गाउँपालिका-७ भुजहवा बस्ने ३१ वर्षीय उमेश
सहनीको मृत्यु भएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  १२ : ३३ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी– लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध