नेपालगञ्जमा हनुमान जयन्ती सुरु « Khabarhub

नेपालगञ्जमा हनुमान जयन्ती सुरु


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्ज उमहानगरपालिका–२ स्थित हनुमानगढीमा हनुमान जयन्तीको अवसरमा तीन दिने हनुमान जयन्ती सुरु भएको छ । 

अखण्ड रामायण पाठ, अष्टयाम सङ्र्कीतन एवं निशान पुजनसहित सुरु भएको सो हनुमान जयन्तीमा भारतको अयोध्याबाट आएको १२ जनाको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदीप भट्टराईले जानकारी दिए। 

उनले निरन्तर होम हुने उल्लेख गर्दै काठमाडौँ, विराटनगर, बुटवल, सुर्खेत, सल्यान, भारतको बहराइच, सेरावस्ती, गोन्डा लगायतका क्षेत्रबाट भक्तजनको सहभागिता रहने बताए । हनुमान जयन्तीको अन्तिम दिन शोभा यात्रापछि करिब १५ हजारका लागि भण्डारा (भोजन) को समेत व्यवस्थापन गरिएको छ । 

विगतको फोहर व्यवस्थापन गर्ने, कुस्ती खेल्ने ठाउँ रहेको र बाल्दा नामको ऐतिहासिक तलाउ रहेको तर ऋषिमुनीको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको स्थानका रुपमा रहेकाले यसको महिमा बढेको महन्त गिरीले जानकारी दिए ।

 हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वराज तिवारीले धार्मिक क्षेत्रमा हनुमानगढीको गरिमा बढ्दै जाँदा यसले धार्मिक पर्यटनमा टेवा पुगेको उल्लेख गरे । 

उनले भारतदेखि समेत साधुसन्तको आगमन हुने जानकारी दिँदै बर्सेनि हनुमान जयन्तीलाई आस्थाको केन्द्रका रुपमा मनाउन थालिएको बताए। पछिल्लो समय नेपालगञ्जको बागेश्वरी मन्दिरमा प्रत्येक साताको सोमबार आरती हुँदै आएको छ । 

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  १ : ०१ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका