गठनको दुई सातामै लुम्बिनीमा किचलो, जसपाले सरकार छाड्दा महरालाई तनाव « Khabarhub

गठनको दुई सातामै लुम्बिनीमा किचलो, जसपाले सरकार छाड्दा महरालाई तनाव

राजीनामा दिएका मन्त्री अहिर भन्छन् : सहमति कार्यान्वयन नगरेर अपमान गरियो


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

बुटवल- गत चैत २५ मा नियुक्त भएका लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले आइतबार पदबाट राजीनामा दिएका छन् ।

फागुन २१ गते बनेको एमाले र माओवादीसहितको नयाँ गठबन्धनमा जसपा पनि मिसिएपछि तत्कालीन डिल्ली चौधरी नेतृत्वको सरकारबाट बाहिरिएका अहिर त्यसलगत्तै मन्त्री बनेका थिए ।

अहिरले राजीनामा दिएर जसपाले सरकारको समर्थन पनि फिर्ता लिएपछि अल्पमतमा परेको चौधरीले चैत २२ गते राजीनामा दिए ।

त्यसपछि नयाँ गठबन्धनको सहमतिअनुसार लुम्बिनीमा चैत २३ गते माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बने । चौधरी नेतृत्वको सरकार ढाल्न राजीनामा दिएका उनै अहिरलाई महराले चैत २५ मा मन्त्री नियुक्त गरे ।

मुख्यमन्त्री बनेका माओवादी संसदीय दलका नेता महराको पक्षमा माओवादीका १० सांसद, एमालेका २९, जसपाका ३, नेकपा एकीकृत समाजवादी १ र स्वतन्त्र सांसद खड्क बस्नेतसहित ४४ जना सांसदले हस्ताक्षर गरेका थिए ।

त्यसपछि आन्तरिक किचलोबीच ४ जना सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले पनि महरालाई समर्थन गर्‍यो । यो समर्थपछि महराको पक्षमा ४८ सांसद देखिए । लुम्बिनीमा बहुमतका लागि ४४ सांसद चाहिन्छ ।

मुख्यमन्त्री हुने भएपछि महराले चैत २२ गते गरेको सहमतिअनुसार जसपालाई २ वटा मन्त्रालय दिने भनेका थिए । तर जसपालाई सहरीमा पर्यटन थपेर सहरी विकास तथा पर्यटन मन्त्रालय दिने भनिएको कुरा कार्यान्वयन भएन ।

महरासँग जसपा र नागरिक उन्मुक्तिले २/२ मन्त्रालय मागेका छन् । यस्तोमा जसपाले एउटा मात्रै मन्त्रालय पाएपछि सरकार छाडिदिएको हो ।

‘हामीसँग चैत २२ गते दुईवटा मन्त्रालय दिने सहमति भएको हो । यो मेरो मात्रै होइन, पार्टीको असन्तुष्टि हो । दुईवटटा मन्त्रालय दिने लिखित सहमति कार्यान्वयन नभएपछि राजीनामा दिएँ’, अहिरले खबरहबसँग भने, ‘प्रदेश प्रमुखकहाँ ४४ जनाको समर्थन लिएर जाँदा २ वटा मन्त्रालय जसपालाई दिने सहमति मुख्यमन्त्रीले कार्यान्वयन गरेनन् । नागरिक उन्मुक्तिलाई पनि दुई मन्त्रालय दिइएको छैन । हामीले सहरी तथा पर्यटन मन्त्रालय दिने भनेर पनि पाएनौँ, हामीलाई अपमान गरियो ।’

अहिरले सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नहुने बताए । ‘हामीले सरकार नबस्ने मात्रै निर्णय लिएका हौँ । तर समर्थन रहिरहन्छ’, उनले भने, ‘समर्थन फिर्ता लिने पक्षमा छैनौँ । पूर्वसहमतिअनुसार दुईवटा मन्त्रालय पाएपछि सरकारमा फर्किन सक्छौँ । मसहित यसअघिको सहमतिअनुसार अम्बिका काफ्लेलाई पनि मन्त्री बनाउनुपर्छ ।’

लिखित सहमति कार्यान्वयन नभएकाले जसपा अध्यक्ष उपेन्द्र यादवकै निर्देशनमा सरकार छाडेको अहिरले बताए । ‘२ जनालाई मन्त्री बनाउने सहमति पालना नभएपछि केन्द्रीय अध्यक्षकै निर्देशनमा सरकार छाडेका हौँ’, अहिरले भने, ‘समर्थन फिर्ता हु्ँदैन, सहमति पालना भएमा सरकारमा फर्किने-नफर्किनेबारे प्रदेशमा सल्लाह गर्नुस् भन्ने केन्द्रीय अध्यक्षको निर्देशन छ ।’

८७ सदस्यीय लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् । मुख्यमन्त्री महराले चैत ३० गते विश्वासको मत लिँदा ४८ जना पक्षमा उभिएका थिए । यदि जसपाले सर्मथन फिर्ता लिए महरा नेतृत्वको सरकार अल्पमतमा पर्न सक्छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  २ : १७ बजे

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क