वैदेशिक व्यापार घट्यो, साढे ११ खर्ब बढीको आयात हुँदा निर्यात सवा खर्ब कम « Khabarhub

वैदेशिक व्यापार घट्यो, साढे ११ खर्ब बढीको आयात हुँदा निर्यात सवा खर्ब कम


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो आर्थिक वर्ष (आव)को ९ महिना अवधिमा नेपालको वैदेशिक व्यापार घट्न पुगेको छ । भन्सार विभागले आइतबार प्रकाशित गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको ९ महिनाको अवधिको तुलनामा चालु आवको ९ महिनामा २.९२ प्रतिशतले नेपालको वैदेशिक व्यापार घट्न पुगेको देखिएको छ ।

चालु आवको ९ महिना अवधिमा नेपालले विश्वका विभिन्न देशहरुसँग १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन व्यापार अघिल्लो आवको सोही अवधिको तुलनामा २.९२ प्रतिशतले कम हो । नेपालले अघिल्लो आवको सोही अवधिमा विश्वका विभिन्न देशहरुसँग १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबरको व्यापार गरेको थियो ।

विभागको तथ्यांकअनुसार चालु आवको ९ महिना अवधिमा नेपालमा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख ८ हजार मूल्य बराबरको विभिन्न वस्तु आयात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.८४ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा नेपालमा १२ खर्ब १ अर्ब १५ करोड ८ लाख ९९ हजार बराबरको विभिन्न वस्तुहरूको आयात भएको थियो ।

त्यस्तै तथ्यांकले चालु आवको ९ महिना अवधिमा नेपालको निर्यातमा पनि अघिल्लो आवको तुलनामा घटेको देखाएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको ९ महिनाको अवधिमा नेपालबाट १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरका विभिन्न वस्तुहरू निर्यात भएको छ । 

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३.६६ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा नेपालबाट १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख बराबरका वस्तु निर्यात भएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  २ : २२ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा