९ महिनामा सबैभन्दा बढी गलैँचा निर्यात, यी हुन निर्यात हुने मुख्य वस्तु « Khabarhub

९ महिनामा सबैभन्दा बढी गलैँचा निर्यात, यी हुन निर्यात हुने मुख्य वस्तु


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को ९ महिनामा नेपालबाट सबैभन्दा धेरै गलैँचा निर्यात भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकले चालु आवको ९ महिनामा सबैभन्दा धेरै अर्थात् ७ अर्ब १ करोड ७९ लाख ९४ हजार मूल्य बराबरको गलैँचा निर्यात भएको हो ।

समीक्षा अवधिमा ६ अर्ब २ करोड ३१ लाख ४० हजारको अलैँची, ५ अर्ब ५४ करोड ३४ लाख १९ हजार बराबरको फलाम र २ अर्ब ९० करोड ६९ लाख २० हजार धागो नेपालबाट निर्यात भएको छ । यस्तै, रेजर वा ब्लेड १ अर्ब ५३ करोड २७ लाख ७३ लाख, ब्लीच ५ अर्ब ७ करोड २३ लाख, चिया २ अर्ब ३४ करोड ४ लाख, सल वा मर्फलर २ अर्ब २२ करोड ५७ लाख र कपडाको झोला १ अर्ब ८० करोड २५ लाखको बराबरको निर्यात भएको छ । 

जर्सी १ अर्ब ४१ करोड ७३ लाख, महिलाको ट्राउजर १ अर्ब २० करोड १७ लाख र महिलाको कपासको लुगा १ अर्ब १४ करोड १५ लाख बराबरको निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ९ महिना अवधिमा नेपालबाट १ खर्ब १३ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत वर्षको ९ महिनाको तुलनामा ३.६६ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा नेपालबाट १ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ४ : ४२ बजे

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा