रेशम चौधरीको रिट आज ‘हेर्न नभ्याइने’ मा « Khabarhub

रेशम चौधरीको रिट आज ‘हेर्न नभ्याइने’ मा


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुन सकेन । यस मुद्दालाई आज ‘ह‍ेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।

मुद्दाको सुनुवाइका लागि पेशी न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासमा तोकिएको थियो । 

यस अघि वैशाख ४ गते हेर्ने नभ्याइने सूचीमा राखिएको सो मुद्दा वैशाख ७ गते अन्य आदेश जारी गरेको  थियो । त्यसअघि चैत्र २५ गते सर्वोच्चले नाउपाको अध्यक्षमा चौधरीलाई  मान्यता नदिनुको कारण पेश गर्न आदेश दिएको थियो ।

गत पुस २७ गते सम्पन्न नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशनले चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको थियो । अधिवेशनपछि उनले अध्यावधिका लागि निर्वाचन आयोगमा निवेदन दिएपनि निर्वाचन आयोगले फागुन २४ गते चौधरीलाई मान्यता नदिएर श्रेष्ठ नै अध्यक्ष भएको निर्णय गरेको थियो ।

आयोगको सो निर्णयकोविरुद्ध रेशमले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ४ : ४५ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा