पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु | Khabarhub Khabarhub

पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको पश्चिमी राज्य राजस्थानमा आइतबार बिहान भएको सडक दुर्घटनामा १८ देखि ३० वर्ष उमेर समूहका कम्तीमा नौ पुरुषको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

राजस्थानको झालवार जिल्लामा तीव्र गतिमा गुडिरहेको गाडीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । पीडितहरू छिमेकी राज्य मध्यप्रदेशको विवाहमा सहभागी भई घर फर्किरहेका थिए ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जनाको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटना हुँदा दुर्घटनाग्रस्त गाडीमा १० जना सवार थिए । एक जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि ठूला सवारी साधनका चालक घटनास्थलबाट फरार भएको र पछि उनलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ५ : ०५ बजे

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज