पार्टीहरू उत्तर र दक्षिणीमुखी भएकाले देशले निकास पाएन : अध्यक्ष भट्टराई « Khabarhub

पार्टीहरू उत्तर र दक्षिणीमुखी भएकाले देशले निकास पाएन : अध्यक्ष भट्टराई


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालका पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् ।

आइतबार रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवल गरेको साक्षात्कार कार्यक्रममा उनले ठूलो त्याग र बलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरूकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको समेत बताए ।

देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरू धराशायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको र सरकारले उठाएका भ्रष्टाचारका ठूला फाइलहरूको हालसम्म कुनै टुङ्गोमा पुर्‍याउन नसकेको उनले बताए ।

उनले भ्रष्टाचारका फाइल निकालेर सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको जिकिर गरे ।

त्यस्तै उनले नयाँ भनिएका शक्तिहरूको उपयुक्तता नहुने भन्दै अब देशको विकासका आफ्नो पार्टीलाई नयाँ वैकल्पिक पार्टी बनाउने दृढताका साथ अगाडि बढेको जनाए ।

भट्टराईले आफूले पदको निम्ति कहिले पनि कसैसँग सम्झौता गरेको बताए । उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा गए मात्रै देशमा स्थायित्व सरकार आउने र विकास हुने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ५ : ११ बजे

समीरले सुरु गरे ‘१२ गाउँ २’को सुटिङ

काठमाडौं – डेब्यू फिल्म ‘१२ गाउँ’बाट चर्चामा आएका नायक समीर

वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण

काठमाडौं– वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य

सुकुम्वासी विस्थापन र प्रेसमाथि ‘नाकाबन्दी’विरुद्ध नेकपा (संयुक्त)को सडकमै पत्रकार सम्मेलन

काठमाडौं– नेकपा (संयुक्त)ले सुकुम्वासीहरूको अमानवीय विस्थापन र प्रेस क्षेत्रमाथि भइरहेको आर्थिक

पूर्णबहादुरसँग गगन-विश्वको एक घण्टा संवादपछि सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवादको निकास अझै ननिस्किएका बेला बुधबार

होर्मुजमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण, चालक दलका केही सदस्य घाइते

तेहरान- मध्यपूर्वमा बढ्दो तनावबीच होर्मुज जलडमरूमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण