हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने एमालेको निर्णय  « Khabarhub

हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने एमालेको निर्णय 


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा एमालेले हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ । 

पार्टीको हिरक जयन्तीमा राष्ट्रिय गौरव पदकबाट भण्डारीलाई सम्मान गर्ने भएको हो । 

शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रतिनिधि परिषद् सदस्यहरूले उनलाई सम्मान गर्ने  सहमति जनाएका हुन् । 

सो प्रस्ताव प्रस्ताव पार्टीका तर्फबाट परिषद् बैठकको अध्यक्षता गरेका पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए ।

नेकपा एमालेले सोमबार पार्टी स्थापनाको ७५ औँ वर्षगाँठ मनाउँदै छ । सो अवसरमा राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतीपूर्ण अवस्थामा उहाँले महत्त्वपूर्ण ढंगले भूमिका खेलेको भन्दै भण्डारीलाई सम्मान गरिएको एमालेको भनाइ छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ५ : ५० बजे

काठमाडौं उपत्यकासहित देशभर वर्षात्, तराई क्षेत्रमा हुरीसहित असिना पानी !

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी

देशभर विपद्का ३१ घटना, एक जनाको मृत्यु, ४ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा भएका विभिन्न विपदका घटनामा परी १

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन 

काठमाडौं– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण

अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण

बाजुरा– अपाङ्गता भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बाजुराले घरमै पुगेर

‘महिला सहभागिताबारे रास्वपा सचेत छ, चार नेताको छलफललाई अन्य रुपमा नबुझौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी कोषाध्यक्ष लीमा अधिकारीले नयाँ सरकार गठनका