अमेरिकाले इजरायललाई दिएको सैन्य सहयोगमा हमासले जनायो विरोध | Khabarhub Khabarhub

अमेरिकाले इजरायललाई दिएको सैन्य सहयोगमा हमासले जनायो विरोध


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

गाजा– अमेरिकी प्रतिनिधि सभाले इजरायललाई अर्बौं डलरको नयाँ सैन्य सहायता स्वीकृत गरेपछि प्यालेस्टिनी लडाकु समूह हमासले आइतबार यसको विरोध गरेको छ । 

हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्ने यो समर्थन इजरायली अतिवादी सरकार (इजरायल) का लागि हाम्रा जनताविरुद्ध क्रूर आक्रमण जारी राख्न अनुमति वा ‘हरियो बत्ती’ हो ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी यो कदमलाई गाजा पट्टीमा हाम्रा प्यालेस्टिनी जनताविरुद्ध इजरायली सेनाले चलाएको विनाशकारी युद्धमा आधिकारिक अमेरिकी संलग्नता र साझेदारीको पुष्टिको रूपमा लिन्छौं ।’

शनिबार अमेरिकी प्रतिनिधि सभाले गाजामा हमासविरुद्धको युद्धमा अमेरिकाको ऐतिहासिक सहयोगी इजरायललाई १३ अर्ब अमेरिकी डलरको सैन्य सहायता स्वीकृत गरेको थियो ।

वासिङ्टन इजरायलको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘बहुप्रशंसित सहायता विधेयक’ले इजरायलप्रति बलियो समर्थन देखाएको र यसले ‘पश्चिमी सभ्यताको रक्षा गरेको’ बताए  ।

अमेरिकी विधेयकमा गाजा र विश्वका अन्य जोखिममा रहेका जनसङ्ख्याका लागि मानवीय सहायताको नितान्त आवश्यकतालाई सम्बोधन गर्न नौ अर्ब डलरभन्दा बढी रकम विनियोजन गरिने उल्लेख छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : ४२ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन