'एमाले सरकार विघटन गरी कुम्लोकुटो थन्क्याएर बस्दैन' | Khabarhub Khabarhub

‘एमाले सरकार विघटन गरी कुम्लोकुटो थन्क्याएर बस्दैन’

‘एमालेको लक्ष्य ८४ मा कसैको बैसाखी नटेकी एक्लै बहुमत ल्याउनु हो’



वर्तमान प्रमुख सत्ता साझेदार दल नेकपा ९एमाले० को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ । १०औं महाधिवेशन पछिको यो पहिलो बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको सम्बोधन तथा विभिन्न तहका नेताबाट पेश प्रतिवेदन नियाल्दा एमाले कम्तिमा तत्कालै वाम एकताको पक्षमा देखिँदैन । एमालेले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले बोकेका समाजवादी ध्रुवीकरणको एजेन्डालाई पनि खारेज गरिदिएको छ ।
बैठक चल्दै गर्दा एमालेका प्रतिनिधिहरूले धेरै प्रश्न र आलोचना राखेका छन् । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमालेलाई उसैका नेता÷कार्यकर्ताहरूले दाबी गरेजस्तो बलियो वामपन्थी शक्ति बनाउला त रु यिनै विषयमा केन्द्रित रही एमालेका नेता शेरबहादुर तामाङसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

अहिले नेकपा (एमाले) को राजनीतिक धरातल गुट–उपगुटमा चलिराखेको छ, तर भविष्य चाहिँ ठीकै छ भन्ने निष्कर्ष हो रु
एमालेको केन्द्रमा खासगरी १० औँ महाधिवेशन यता कुनै औपचारिक खालको गुट छैन । नेता र नेतृत्व ‘एक मन एकता’का साथै हिँड्नुभएको छ । पार्टी नेता र नेतृत्वका पछिल्लो अभिव्यक्तिहरू विश्लेषण गर्दा नेतृत्व र नीति सवालमा हामीमा द्विविधा छैन । हामी पनि त्यही लयमा हिँडिरहेका छौँ । यद्यपि स्थानीय अधिवेशनहरू चलिरहेको छ । त्यसमा अमुक नेताहरूको नाम जोडेर ‘म फलानोको उम्मेदवार’ भनेर कतिपय ठाउँमा पार्टी अध्यक्षलाई समेत जोडेर तल चुनाव लड्ने खालको परिपाटी जन्मिन थालेको छ ।

अनुशासन आयोगको अध्यक्ष केशव बडालले पेश गरेको प्रतिवेदनमा त तल्लो तहसम्म गुट हाबी भएको भन्ने छ नि ?
तल्लो तहमा आफू निर्वाचित हुन नेताको नाम प्रयोग गर्ने खालको परिपाटी देखा परेकोले तल–तल गुट झाँगिँदै गएको हो कि जस्तो भएको छ । त्यसैले त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर हामी यो बैठकमा छलफल गर्नेछौँ । एउटाले एउटा नेताको आशीर्वाद पायो भने अर्कोले अर्को नेताको आशीर्वाद खोज्ने भयो । त्यसो हुँदा एउटाले पार्टी ‘अध्यक्षको मान्छे फलानो भन्यो’ भने अर्कोले ‘म पार्टी अध्यक्षको हुन सकिनँ’ भन्ने नै भयो ।

त्यसैले अध्यक्षलाई नै तल कार्यकर्ताले विभाजन गर्ने विषय चिन्ताजनक छ । त्यसलाई पनि यो बैठकमा कसरी कम गर्न सकिन्छ रु गुटबन्दीलाई कसरी अन्त्य गर्न सकिन्छ रु माथि नेतृत्व र नीतिको सवालमा कुनै द्विविधा छैन भने तल अमुक नेताको नाम जोडेर किन विभाजित हुन्छौँ रु यी मामिलामा बैठकमा छलफल गरिरहेका छौं ।

केपी ओलीको नाम जोडेर ‘म उहाँको आशीर्वाद पाएको मान्छे हुँ’ भनेर लड्ने प्रवृत्ति देखापर्‍यो । सबै केपी औलीकै उम्मेदवार हो नि १ फलानो अध्यक्ष मेरो मात्रै हो भन्ने प्रवृत्तिको कारणले कतिपय जिल्लामा समस्या देखिएको हो । माथि केन्द्रमा यस्तो केही छैन । तल मान्छेले पार्टीमा आफू स्थापित हुन गर्ने यो हर्कतलाई अन्त्य गर्नुपर्छ भन्ने अहिलेको बैठकको मूल दृष्ट्रिकोण हो ।

‘अब नेकपा एकीकृत समाजवादी वा माओवादीसँगा पार्टी एकताको सम्भावनाहरू सकिए, अब हामी एक्लै ठूलो पार्टी बनेर हिँड्छौँ’ भन्ने निष्कर्षमा पुगेको हो एमाले ?
अहिले मूलतः हामी सरकारमा सँगै छौँ । तर अन्य वामपार्टीहरूमा जुन बेला बेलामा अवसरवादीता प्रकट हुन्छ । त्यो अवसरको लागि मात्रै आफ्ना गतिविधिहरू बढाउने, आफ्ना दृष्ट्रिकोणहरू सार्वजनिक गर्ने र अवसरको लागि जे पनि गर्ने खालको प्रवृत्ति जुन देखा पर्‍यो – यसले दक्षिणपन्थी क्षमालाई प्रश्रय दिएजस्तो स्थिति देखापर्‍यो ।

अहिले हामीले मेहनत/पहल त गर्‍यौँ । जसकारण मूलतः वामपार्टीहरू बढी भएको सरकार बन्यो । यो सरकारलाई हरसम्भव टिकाएर, पूर्ण कार्यकाल काम गराएर केही न केही नतिजा दिऊँ भन्ने प्रयास गरिरहेको छौँ । त्यसकारण वर्तमान सरकारलाई हाम्रो पूर्ण समर्थन छ ।

यद्यपि पार्टी एकीकरणको सवालमा उहाँहरूमा रहेका कतिपय अवसरवादी प्रवृतिहरू, सङ्कीर्ण सोचहरू अन्त्य हुन जरुरी छ । ती चिजहरू अन्त्य भयो भने एकता हुनसक्छ । तर अहिले यो अवस्था सम्भव छैन ।

सुदूरपश्चिममा त को सङ्कीर्ण भयो र को उदार भयो भन्ने पनि प्रश्न उठ्ला, कोशीमा पनि त्यही भन्ने त ?
हामीले हरसम्भव हाम्रो तर्फबाट उदार नै प्रस्तुत भइरहेको छौँ र त्यो कुरालाई अन्य दलहरूले पनि बुझ्न जरुरी छ । यदि बुझेनन् भने सरकार विघटन गरेर एमाले कुम्लोकुटो थन्क्याएर बस्दैन । उसले त आफ्नो पार्टी बनाउँछ ।

त्यसैले त हामी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बसिरहेका छौँ । हाम्रो लक्ष्य २०८४ मा हुने निर्वाचनमा एक्लै बहुमत ल्याउने हो । सो चुनावमा एमालेले कसैको बैसाखी नटेकी एक्लै बहुमत ल्याउँछौँ भन्ने विश्वास छ । एमाले एकचोटि यो मुलुकमा बहुमत प्राप्त सरकार चलाउन चाहन्छ ।

मूलतः ‘समृद्ध नेपाल सुखी नेपाली’ हाम्रो लक्ष्य हो र यो लक्ष्य हामी पूरा गर्न चाहन्छौँ । त्यस कारणले मिल्न चाहने शक्ति जति लामवद्ध हुँदा केही फरक हुँदैन । तर अहिलेको अवस्थामा केही पार्टीमा देखिएका अवसरवादी प्रवृत्तिको कारणले हामी तत्काल पार्टी एकता नै गरेर जाने कुरामा केही अलमलमै छौं ।

गठबन्धनभित्रका बाँकी दलहरूको कांग्रेससँगमाथि विश्वास कमजोर भइसकेपछि एमालेमा विचार परिवर्तन भएको हो र रु हिजोका दिनमा त माधवकुमार नेपाललाई भेटेर ‘सँगै अघि बढौँ’ भनेको हो नि ?

एमालेले फाइदाको राजनीति गर्दैन । कोशीमा सरकार नै गठन नहुने परिस्थिति बन्दा कांग्रेसलाई भत्काउने वा कुनै पार्टीभित्र विभाजन हुनु राम्रो कुरा हैन भनेर आफ्नो दृष्ट्रिकोण सार्वजनिक गरेको थियौँ ।

त्यहाँ प्रदेशसभाको लागि मध्यावधिमा जाने खालको जुन परिस्थिति देखा परेको थियो – त्यसलाई टार्न हामीले सानो फिल्ड जोगाइदियौं । त्यसपछि त पात्रहरू जति खेले पनि खेल्न पाइयो नि १ फिल्ड नै भत्किन भएन । त्यसैले नयाँ चुनावमा जाने भन्दा कोशी प्रदेशसभा जोगिनुपर्छ भनेर केदार कार्कीलाई समर्थन गरेको हौँ ।

फेरि अस्थिरताकै कुरा आयो । ‘म राजीनामा दिन्न संविधानकै धारामा नुहाउँछु, बरु चुनाव मध्यावधिमा जान्छु’भन्दै कार्की अडान लिएर बसेका छन् नि ?
मैदान नै रहँदैनथ्यो, त्यो हामीले बचाएका हौं । हामीले जति बेला पुष्पकमल दाहाललाई समर्थन ग¥यौं – त्यतिबेलै संघीय संसद्ं पनि नटिक्ने परिस्थिति थियो । अर्को ६ महिनाभित्र मध्यावधिमा जानुपर्ने स्थिति बनिसकेको थियो । त्यो स्थितिबाट जोगाउन कम्तिमा संसद्ं जोगाऊँ भनेर त्यसमा हामी लाग्यौँ । तर ‘मौकामा प्रहार गरौँ’ भन्ने खालको फोहोरी खेल एमालेले खेल्दैन ।

एमालेले एकीकृत समाजवादीको अस्तित्व किन नस्वीकारेको ?
यो विषय बन्द भइसक्यो । किनभने उहाँहरूसँग हामी अहिले संयुक्त सरकारमा छौँ । त्यसैले त्यो स्वीकारेन भन्ने कुरा रहेन । हिजो केपीले उहाँहरूको माग अनुसार नेपालकोमा पुग्नुपर्छ भन्ने थियो, हामी पुग्यौँ । हामीले हरसम्भवः प्रयत्न गरेको हौँ । प्रयत्न गर्दा गर्दै उहाँहरू रिङभन्दा बाहिर उछिट्टिएर चन्द्रागिरि पुग्नुभयो । उहाँहरूको कुरा भयो । हामी रिङ बाहिर नहोस् भन्ने कुरामा निरन्तर सचेत छौँ ।

अब तपाईहरूको रिङभित्र कांग्रेस नजिक भयो, ऊसँगै सत्ता साझेदारी गरेर स्थायित्वको सन्देश दिन खोजिराख्नु भएको छ रे त १ माधव र पुष्पकमलहरू किन चाहियो ?
नेपाली कांग्रेससँग निरन्तर राजनीतिक प्रतिस्पर्धा रहन्छ । विगतमा एमाले र कांग्रेस नमिलेको भन्ने छैन । मुलुकका कतिपय मुद्दाका सवालमा अहिले पनि धेरै राजनीतिक विषयहरू छन् । यसको लागि सबै राजनीतिक दलहरू एक ठाउँमा बस्न जरुरी छ । त्यसमा कांग्रेस र एमालेमात्रै होइन, अरु पनि सँगै बस्न जरुरी छ । जस्तो हामीले संक्रमणकालीन न्याय टुङ्ग्याएका छैनौँ । पीडितले न्याय पाएका छैनन् । सबै दल यस्ता विषयमा एक ठाउँमा बस्न जरुरी होला ।

संघीयताको सवालमा स्थानीय पालिकाको संख्या धेरै भयो । ७५३ पालिका बनाइयो । त्यो २५०/३०० को हाराहारीमा बनाउँदा पनि हुन्छ । हामीले साधारण खर्च धेरै बढ्यो, कम गराउने उपाय के हो रु यससम्बन्धी कतिपय दृष्ट्रिकोणहरूबारे छलफल गर्न जरुरी छ । आन्तरिक गार्हस्थ उत्पादन कम छ । विदेशीको अनुदान कुर्नुपर्ने अवस्था छ । यस्ता समस्याबाट पार पाउन राजनीतिक दलहरू सँगै बसेर नीति बनाएर अघि बढ्न जरुरी छ ।

माधवकुमार नेपालले ‘हामीलाई कमजोर ठानियो अपमान गरियो भने सत्ता समीकरणमा उथलपुथल ल्याइदिन्छौँ, हामीले सुदूरपश्चिममा झन्डै देखाइदिएका थियौँ, अब मधेश र बागमतीमा देखाइदिन्छौँ’ भन्नुभएको छ । तपाईंहरूले पनि राजनीतिक स्थायित्वको लागि अर्को विकल्प त सोच्नुपर्ला नि ?
देख्न÷देखाउने त हामीले हिजै हेरिसकेको छौँ । जति भत्किनु भत्किसक्यो । अब भत्काउनु हुँदैन । एक थान मुख्यमन्त्रीको लागि या सत्ताको लागि एमालेले राजनीति गरेकै हैन । एमाले पार्टीभित्र रहेर, एमालेको पार्टी सदस्य रहेर, एमालेको चुनाव चिह्नमा चुनाव लडेर जितेका साथीहरू एमालेकै सरकार ढाल्न अन्य दलसँग मिलेर अदालतमा निवेदन हाल्न पनि पुग्नुभएकै हो ।

हीरक महोत्सव कम्युनिस्ट आन्दोलनको लागि सार्थक मञ्च बन्न सक्ला ?
हामी त्यो परिकल्पना गर्छौँ । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा महोत्सव गर्दैछौं । त्यो मञ्चबाट मूलतः वाम लोकतान्त्रिक शक्तिहरूलाई वास्तवमा नेपालको कम्युनिस्ट पार्टी गठन हुनुको कारणले नै नेपालमा वामपन्थी र अन्य शक्तिहरूलाई समेत सहजता र राजनीतिमा राम्रो भएको सन्देश दिनेछौं । त्यसैले वाम लोकतान्त्रिक सबै शक्तिहरूलाई एउटा मञ्चमा राख्नुपर्छ भनेरै हामीले त्यो कार्यक्रममा नेपाली कांग्रेसको सभापतिलाई समेत निमन्त्रणा गरेका छौं ।

इलाममा हुन लागेको चुनावले पनि अहिलेको सत्ता समीकरणको भाग्य र भविष्य निर्धारण गर्छ ?
एउटा निर्वाचन क्षेत्रको उपचुनावले सत्तामा कुनै फेरबदल र परिवर्तन हुँदैन । हामीले अहिले सरकारमा भएका दल सदस्य र मन्त्रीहरूको संवैधानिक/कानूनी हिसाबले नै अब गलत भएको कुरालाई गलत र सहीलाई सही नै भन्छौँ ।

रवि लामिछानेको सन्दर्भमा एमाले प्रष्टसँग बोल्न सकेन भन्ने आरोप छ नि ?
उहाँको सन्दर्भमा अहिले सरकारकै अंगहरूले गर्ने छानबिनमा हामी विश्वास गर्छौँ । सरकार अविछिन्न उत्तराधिकारवाला संस्था हो र त्यो सरकारमा रहँदा जुनै व्यक्ति रहे पनि उसले सरकारका अंगलाई विश्वास गर्नैपर्छ ।

सरकारको अंगले काम गर्दैन मलाई विश्वास छैन । सरकारको शपथ खानेले ‘अर्को निकाय खडा गर्छु’ भनेर भन्न मिल्दैन । पीडितले न्याय पाउनुपर्छ । पीडकले उन्मुक्ति पाउने खालको कानूनको पक्षमा एमाले छैन ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ८ : २३ बजे

गत वर्ष विश्वभर १ सय ४६ जना भूमि तथा वातावरण रक्षकको मृत्यु

काठमाडौं- सन् २०२४ मा विश्वभर १४६ जना भूमि र वातावरण

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङ– जेन-जी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारिसाधन जलेर नष्ट