आज २०८१ साल जेठ ८ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ ८ गते मंगलबारको राशिफल


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार तदनुसार सन् २०२४ मे २१ तारिख। वैशाख शुल्क पक्षको त्रयोदशी तिथि। आज नृसिंह जयन्ती। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन खुशीका साथ बित्नेछ। नयाँ कुराको प्रस्तुति सुन्न पाइने छ। सामाजिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। गुम्न लागेको धन फिर्ता हुनेछ। बौद्धिक क्षेत्रमा विवाद हुने भएकाले बोल्दा ख्याल गर्नु राम्रो हुन्छ।

वृष : दैनिकी सहज छ। कर्मक्षेत्रमा गरेका प्रयास सफल हुनेछन्। शिक्षा, स्वास्थ्य भन्दा वैदेशिक क्षेत्रको प्रयासमा उन्नति हुनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा ठगबाट सचेत बन्नुपर्नेछ।

मिथुन : नयाँ योजना बनाउने समय छ। परिवारको साथ प्राप्त हुनेछ। कर्म क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

कर्कट : दिन संघर्षमय छ। आरोपको सामना गर्नुपर्ने हुनसक्छ। आफन्तसँग जोगिएर काम गर्नु राम्रो हुन्छ। लगानी गर्नु अगाडि हल्ला नगर्नु राम्रो हुनेछ। परिवारका सदस्यले धोखा दिने जोखिम रहेको छ।

सिंह : यात्रा रमाइलो हुनेछ। कामको मूल्यांकन हुने दिन छ। खानपानको अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यवसाय गर्नु हुन्छ भने सफलता मिल्नेछ।

कन्या : राम्रो आम्दानी हुने दिन छ। श्रम गरेको ठाउँबाट तपाईंको राम्रो मूल्यांकन हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ। व्यापारबाट नाफा हुनेछ। परिवारलाई विश्वास गर्दा समस्याको सामना गर्नुपर्ने जोखिम देखिन्छ।

तुला : तपाईंको सीपको प्रशंसा हुनेछ। सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। राजनीतिमा लाभको पद लिने अवसर छ। परिवारको साथ र सहयोग प्राप्त हुने देखिन्छ। जिम्मेवार पदमा रहेकाले धेरैले निगरानी गरिरहेको कुरा काम गर्दा ख्याल गर्नुपर्ने हुन्छ।

वृश्चिक : समय चुनौतीपूर्ण देखिन्छ। कार्यसम्पादनमा अरुको साथ नहुने जोखिम देखिन्छ। काम गर्नु अगाडि कसैको पनि सल्लाह नलिनु राम्रो हुन्छ। एक्लो लगानी गर्नु भन्दा संयुक्त लगानी गर्नु फाइदा देखिन्छ।

धनु : नयाँ कामको सुरुवात नगर्नु राम्रो हुनेछ। पुराना योजनालाई निरन्तरता दिनु नै फाइदा हुनेछ। गुरुले प्रशंसा गर्ने दिन छ। आफन्त र सन्तानले साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : अन्त्य साढेसाती दशा चलिरहेको छ। समाजसेवा गर्नु राम्रो हुन्छ। यसले समाजमा तपाईंको सम्मान बढ्नेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : शनिदेवको छाया योग चल्दै छ। जन्म कुण्डलीमा शनिदेव सकारात्मक भए राम्रोराम्रो काम बन्नेछ। जन्म कुण्डलीमा शनिदेव नकारात्मक भए झुटा आरोप लाग्ने जोखिम हुन्छ।

मीन : राम्रा मानिससँगको भेटले मनमा उत्साह बढ्नेछ। आज कमाउने भन्दा जोगाउने दिन छ। इष्टमित्र र नजिकका आफन्तबाट सचेत रहनु राम्रो हुन्छ। परिवारभित्र शंका र उपशंका बढ्ने देखिन्छ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ४ : ५९ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका