आईपिएलः पहिलो क्वालिफायरमा आज कोलकाता र हैदरावादको भिडन्त « Khabarhub

आईपिएलः पहिलो क्वालिफायरमा आज कोलकाता र हैदरावादको भिडन्त


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन्।

श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकाता र प्याट कमिन्सको नेतृत्वमा रहेको हैदरावादको पहिलो क्वालिफायर अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ।

कोलकाताका सुनिल नारायन, आन्द्रे रसेल, फिल साल्ट र श्रीयस अय्यर र रिंकु सिंहलाई प्रभाव पर्ने ब्याट्सम्यानको रुपमा हेरिएको छ। त्यहाँ जुनसुकै बेला प्लेइङ–११ ले प्रभाव जमाउने छन्। बलिङतर्फसमेत सुनिल नारायन अगाडि छन्। वरुण चक्रवर्ती, हर्षित राना, आन्द्रे रसेल र मिचेल स्टार्कले बलिङमा उत्तिकै प्रभाव पार्नेछन्।

आईपिएल इतिहासमा कोलकाताले पहिलो क्वालिफायरमा पराजय भोगेको छैन। अहिलेसम्म दुई पटक पहिलो क्वालिफायर खेलेको कोलकाताले दुवै पटक फाइनल पुगेर उपाधि उचालेको छ। १३ पटक आईपिएलको प्लेअफ पुगेको कोलकाताले ८ पटक जित निकाल्दा ५ खेलमा पराजय भोगेको छ। आजको खेललाई महत्त्वका साथ हेरिएको छ।

यो सिजनमा हैदरावादको खेललाई हेर्दा पहिलो क्वालिफायरबाट फाइनल पुग्ने सम्भावना उत्तिकै छ। हैदरावादका ट्रेभिस हेड र अभिषेक शर्माको आक्रामक ओपनिङमा थुप्रै रेकर्ड बनेका छन्। यो सुरुवाती ब्याटिङ कोलकाताका लागि चुनौती बन्नसक्छ। उसका लागि हेनरिक क्लसेन र नितिश कुमार रेड्डीसमेत फममा छन्।

बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार, कप्तान प्याट कमिन्स, टि नटराजन, आकाश सिंह कोलकाताका लागि भारी बन्नसक्ने देखिन्छ।

पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्ने दुवै टिमले फाइनलका लागि अवसर पाउने छन्। क्वालिफायर १ को विजेता सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले एलिमिनेटरको विजेतासँग फाइनलका लागि पुनः प्रतिस्पर्धा गर्न पाउने छन्।

बुधबार एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी) र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। एलिमिनेटरमा पराजित टिमको भने आईपिएल यात्रा समाप्त हुनेछ।

 

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ६ : ४० बजे

विपिन र केकीको फिल्म ‘काजी’को गीत सार्वजनिक 

काठमाडौं – नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष

स्थानान्तरणबाट छुटेका सुकुम्वासीलाई सम्पर्कमा आउन सरकारको आह्वान

काठमाडौं– शहरी विकास मन्त्रालयले नदी किनारका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियामा

शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रवर्द्धनको प्रतीक्षामा सीता गुफा

गण्डकी– धार्मिक एवं ऐतिहासिक महत्वको पोखरा महानगरपालिका वडा नं ३२

होल्डिङ सेन्टरका बालबालिकालाई विद्यालय जाने व्यवस्था मिलाउन सांसद आशिकाको आग्रह

काठमाडौं– रास्वपाकी सांसद आशिका तामाङले कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेल्टरमा आधारभूत