मनोज तिवारीको ‘धनकुटाको सल्लेरी वनै’मा सार्वजनिक « Khabarhub

मनोज तिवारीको ‘धनकुटाको सल्लेरी वनै’मा सार्वजनिक


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक मनोज तिवारीको नयाँ गीत सार्वजनिक भएको छ। आफ्नै शब्द र स्वरमा सजिएको ‘धनकुटाको सल्लेरी वनैमा’ गीत राजधानीमा आयोजित एक कार्यक्रमार्फत् सार्वजनिक भएको हो।

पप गायक ओमविक्रम विष्टले गायक तिवारीको युट्युब च्यानलमार्फत् ‘धनकुटाको सल्लेरी वनैमा’गीत सार्वजनिक गरेका हुन्।

ललितपुरमा आयोजित गीत सार्वजनिक कार्यक्रममा पप स्टार विष्ट, गायिका एन्जेला श्रेष्ठसहित गीतको टिम र चलचित्र क्षेत्रमा कलम चलाउने पत्रकारको उपस्थिति थियो।

गीतको रचना गायक तिवारी आफैले गर्नुभएको हो। गीत सिर्जना र संयोजनमा सन्तोष थापालेसमेत मेहनत गरेका छन्। अनिल स्टुडियोमा एरेन्ज भएको गीतमा बाँसुरीको धुनका लागि किरण बरालले मेहनत गरेका छन्।

पप गायक ओमविक्रम विष्ट ।

तिवारीले यसअघि ‘कान्छी काली–काली’ (सामूहिक) ‘नरोऊ नरोऊ’ गीत ल्याइसकेका छन्। प्रवासमा रहेर नेपाली गीत संगीत क्षेत्रमा विशेष रुचि राख्ने तिवारीले लामो अन्तरालपछि नयाँ गीत ल्याएका हुन्।

म्युजिक भिडियो सार्वजकि कार्यक्रमलाई सम्बोधन गर्दै तिवारीले अब नेपाली गीत संगीतलाई नयाँ गीत चाँडै दिने प्रतिबद्धता जनाए। ‘लामो अन्तरालपछि नयाँ गीत ल्याएको छु। अब चाँडै अन्य गीत रेकर्ड गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। अब नयाँ गीत ल्याउन धेरै समय कुर्नु पर्दैन’, गायक तिवारीले भने।

गीतको म्युजिक भिडियोमा धनकुटाका चर्चित विभिन्न ठाउँका दृश्यलाई समेटिएको छ। छायांकन स्टुडियोले खिँचेको भिडियोमा गायक तिवारी स्वयम् फिचर छन् भने केही धनकुटाका स्थानीय कलाकारले साथ दिएका छन्।

गीतको शब्द अनुसार गीतको भिडियो धनकुटाका विभिन्न ठाउँमा छायांकन भएको हो। भिडियोमा धनकुटाको सल्लेरी वन, धनकुटा बजार, भेडेटारको ओरालो घुम्ती, तमोर नदी, विश्रान्ती मन्दिर, हिलेमा रहेको तोङबा र त्यस आसपासका दृश्य देखाइएको छ। हिलेमा बनेको तोङबाको मूर्ति र त्यहाँ रहेका शेर्पा जातिको संस्कृतिलाईसमेत भिडियोमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ।

भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि गायक विष्टले धनकुटाको सुन्दरतालाई गीतले बोकेको उल्लेख गर्नुभयो। पपस्टार विष्टले भने, ‘नयाँ गीतका लागि गायक तिवारीलाई बधाई तथा शुभकामना छ। गीत मर्मस्पर्शी बनेको छ।’

गायिका एन्जेला श्रेष्ठले मनोज तिवारीको गीतले धनकुटाको पर्यटकीय सम्भावनालाई देखाएको उल्लेख गरेकी छन्। गीत ढिला आए पनि राम्रो आएको छ। यसले धनकुटाको पर्यटकीय सम्भावनालाई देखाएको छ।’

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ८ : ५६ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब