‘पुजार सार्की’मा पलको वृद्ध ‘लुक्स’ | Khabarhub Khabarhub

‘पुजार सार्की’मा पलको वृद्ध ‘लुक्स’


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


35.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘पुजार सार्की’का नायक पल शाहले वृद्ध ‘लुक्स’को दुई तस्बिर सार्वजनिक गरेका छन् । उनले मंगलबार सार्वजनिक गरेका ती तस्बिर फिल्ममा उनले निर्वाह गरेको चरित्रको हो ।

यसअघि पलको फिल्ममा निर्वाह गरेको पात्र ‘मेघराज’को चरित्र चित्रण हुने तस्बिर सार्वजनिक भएको थियो । जसमा उनी युवा ‘लुक्स’मा देखिएका थिए ।

पछिल्ला दुई तस्बिरले फिल्ममा उनको भूमिकाबारे संशय पैदा गरेको छ । ती तस्बिरमा वृद्ध ‘लुक्स’मा देखिएका पल प्रहरी मुठभेटमा देखिएका छन् । धेरैले उनको यो लुक्स मेघराजको वृद्ध भएपछिको हुन सक्ने अनुमान गरेका छन् ।

तस्बिर सार्वजनिक गर्दै पलले कार्यव्यस्थताले फिल्म प्रचारमा सहभागी हुन नपाएको जानकारी समेत दिएका छन् ।

उनले लेखेका छन्, ‘मेरो भूमिका र प्रचारको सहभागिताका विषयमा मेरा शुभेच्छुकहरूले देखाउनु भएको चासो र चिन्ताप्रति नतमस्तक छु। थुप्रै सञ्चारमाध्यमहरूमा पनि मेरो खोजी भइरहेको खबर पाइरहेको छु। चाहेर पनि मैले प्रत्यक्ष रूपमा म यहाँहरूको अगाडि उपस्थित हुन सकेको छैन। मेरो यो बाध्यतालाई यहाँहरूले बुझिदिनुहुनेछ भन्ने अपेक्षा लिएको छु।’

यो फिल्म प्रदर्शनमा आउन दुई दिन मात्रै बाँकी छ । यो फिल्मले सिनेमा घरमा अनमोलको फिल्म फर्कीफर्कीसँग प्रतिस्पर्धा गर्दै छ ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १२ : १९ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ