‘पुजार सार्की’मा पलको वृद्ध ‘लुक्स’ « Khabarhub

‘पुजार सार्की’मा पलको वृद्ध ‘लुक्स’


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


35.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘पुजार सार्की’का नायक पल शाहले वृद्ध ‘लुक्स’को दुई तस्बिर सार्वजनिक गरेका छन् । उनले मंगलबार सार्वजनिक गरेका ती तस्बिर फिल्ममा उनले निर्वाह गरेको चरित्रको हो ।

यसअघि पलको फिल्ममा निर्वाह गरेको पात्र ‘मेघराज’को चरित्र चित्रण हुने तस्बिर सार्वजनिक भएको थियो । जसमा उनी युवा ‘लुक्स’मा देखिएका थिए ।

पछिल्ला दुई तस्बिरले फिल्ममा उनको भूमिकाबारे संशय पैदा गरेको छ । ती तस्बिरमा वृद्ध ‘लुक्स’मा देखिएका पल प्रहरी मुठभेटमा देखिएका छन् । धेरैले उनको यो लुक्स मेघराजको वृद्ध भएपछिको हुन सक्ने अनुमान गरेका छन् ।

तस्बिर सार्वजनिक गर्दै पलले कार्यव्यस्थताले फिल्म प्रचारमा सहभागी हुन नपाएको जानकारी समेत दिएका छन् ।

उनले लेखेका छन्, ‘मेरो भूमिका र प्रचारको सहभागिताका विषयमा मेरा शुभेच्छुकहरूले देखाउनु भएको चासो र चिन्ताप्रति नतमस्तक छु। थुप्रै सञ्चारमाध्यमहरूमा पनि मेरो खोजी भइरहेको खबर पाइरहेको छु। चाहेर पनि मैले प्रत्यक्ष रूपमा म यहाँहरूको अगाडि उपस्थित हुन सकेको छैन। मेरो यो बाध्यतालाई यहाँहरूले बुझिदिनुहुनेछ भन्ने अपेक्षा लिएको छु।’

यो फिल्म प्रदर्शनमा आउन दुई दिन मात्रै बाँकी छ । यो फिल्मले सिनेमा घरमा अनमोलको फिल्म फर्कीफर्कीसँग प्रतिस्पर्धा गर्दै छ ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १२ : १९ बजे

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच