कानुनमन्त्रीको जवाफ : रवि लामिछानेले सहकारी प्रकरणमा कमजोरी गरेको तथ्य भेटिएको छैन | Khabarhub Khabarhub

कानुनमन्त्रीको जवाफ : रवि लामिछानेले सहकारी प्रकरणमा कमजोरी गरेको तथ्य भेटिएको छैन


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहकारी ठगी प्रकरणमा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध ठोस प्रमाण नभेटिएको बताएका छन् ।

सहकारी ठगीबारे बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश तय गर्न मंगलबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि गिरीले यस्तो बताएका हुन् ।

‘हामीले बैठकमा सहकारीको रकम अपचलनबारे उपप्रधान तथा गृहमन्त्री लामिछानेको नामबारे पनि कुरा गर्‍यौँ । तर उहाँले सहकारी प्रकरणमा कमजोरी गरेको हो भन्ने तथ्य जुन हिसाबमा आउनुपर्ने हो, आइसकेको छैन’, उनले भने, ‘छानबिनपछि मात्रै कसैलाई दोषी करार गरिनु उचित हुन्छ । छानबिन नभइ कसैलाई दोष लगाउनु हुँदैन। ’

गिरीले यदि लामिछानेले अपचलन गरेको पुष्टि भए, प्रमाण भेटिए कारबाही हुने पनि बताए । ‘कसैले कमजोरी गरेको, आर्थिक हिनामिना गरेको भए, अपचलन गरेको भने कारबाही हुनुपर्छ’, उनले भने, ‘तर पहिले नै हतार गरेर निष्कर्ष निकाल्नु गलत हुन्छ । गृहमन्त्रीको नाम जोडिएका सूर्यदर्शन लगायत सहकारी नाम लेखेर जान कुनै आपत्ति छैन । कसैको कमीकमजोरी देखिन्छ भने कारबाही हुन्छ ।’

तर गिरीले गृहमन्त्रीले अपचलनमा संलग्न भएको आरोपका आधारमा उनको नाममा छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा गलत भएको बताए ।

‘सहकारी ठगीमा संलग्नलाई कारबाहीका लागि सैद्धान्तिक सहमति भएको छ’, उनले भने, ‘छानबिन समिति बनाउने भएपछि संसद्‍ अवरोध गरिरहनु उचित हुँदैन भनेर हामीले भनिसकेका छौँ ।’

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १२ : २१ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई