सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद « Khabarhub

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

मंगलबारे नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली सिमाना कटाउन लागेको सामग्रीसहित एउटा पिकअक भ्यान नियन्त्रणमा लिइएको छ ।

 इलाम सूर्योदय नगरपालिका–२ स्थित दुई माइलबाट अवैध रूपमा सामान राखेर भारततर्फ लैजाँदै गरेको पिकअप नियन्त्रणमा लिइएको हो । सवारीसहित रु १३ लाखभन्दा बढीका सामग्री नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मको मोबाइल गस्ती टोलीले सो सामान सोमबार नियन्त्रणमा लिएको हो । प्रदेश नम्बर १–०३–००१ज ००१९ नम्बरको पिकअपबाट सामान लैजाँदै गर्दा बरामद गरिएको हो । प्रहरीलाई देखेपछि गाडी छाडेर चालक भागेका थिए ।

बक्खु कपडा, चिप्लो बक्खु, हाल्फ ज्याकेट, जेन्स र लेडिज चप्पल, अन्य ज्याकेट, ट्राउजर, गहुँ, मकैको च्याख्ला गरेर रु छ लाख १८ हजार तीन सयको सामग्री नियन्त्रणमा लिइएको जनाइएको छ । 

त्यस्तै सवारीको मूल्य रु सात लाख कायम गरेर रु १३ लाख १८ हजार तीन सय बराबरका सामग्री बरामद भएको जनाइएको छ । 

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १२ : ३२ बजे

ग्यासको सास्ती : निगमले तोकेका सात ठाउँमा बिहानैदेखि लामो लाइन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल

‘अदालतले बचाएकाले फर्किएँ, न्याय मिल्नेमा विश्वस्त छु’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अदालतको निर्णयलाई आफूले सम्मान

सुवासना बनिन् ‘भ्वाइस किड्स ५’ की विजेता

काठमाडौं – सुवासना खड्का गायन रियालिटी शो ‘भ्वाइस किड्स ५’

धार्मिक स्वतन्त्रताको व्याख्यासहित देउवाले भने, ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार काठमाडौंको

रुससँगको सम्बन्धको भविष्यप्रति किम आशावादी

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू