संसद्‍को दृश्य : सत्तापक्ष राष्ट्रपतिलाई धन्यवाद दिने, प्रतिपक्ष नाराबाजी गर्ने (तस्बिरहरू) « Khabarhub

संसद्‍को दृश्य : सत्तापक्ष राष्ट्रपतिलाई धन्यवाद दिने, प्रतिपक्ष नाराबाजी गर्ने (तस्बिरहरू)


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  गत जेठ १ गते संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोधका कार्यक्रम रोकेको थियो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपति आउँदा विरोध र अवरोध रोकेको कांग्रेसले त्यसपछि आन्दोलन जारी राख्यो । त्यसबेला कांग्रेसको अवरोधका कारण राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरेबापद सरकारले धन्यवाद दिन पनि पाएन ।

उक्त धन्यवाद राष्ट्रपतिले ७ दिनपछि मात्रै पाए । मंगलबारको बैठकले कांग्रेसको अवरोधबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।

मंगलबार कांग्रेसको अवरोध र नाराबाजीबीच संसद्‍बाट ष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित भएको छ।

त्यसअघि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रम टेबल गर्न समय दिए। दाहाललाई मर्यादापालकले सुरक्षा दिएर रोस्ट्रमसम्म लगे ।

त्यसपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव टेबल गर्न रोस्ट्रममा उक्लिए। उनीसँगै उद्योगमन्त्री दामोदर भण्डारीले पनि नाराबाजी रोस्ट्रममा उक्लिएर प्रस्ताव पेश गरे ।

मंगलबार पनि एकातिर कांग्रेसको चर्को नाराबाजी र वेल घेराउ चलेको थियो । अर्कातिर हुन्छ र हुन्न भन्दै सभामुख घिमिरेले केही प्रस्ताव टेबलसँगै पारित पनि गराएका छन् ।

 

 

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १ : ४८ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा