दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित « Khabarhub

दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाइँ स्मृति अस्पतालमा सञ्चालन गरिएको चारदिने निःशुल्क हाडजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन् । 

रोटरी क्लब अफ काठमाडौँ वेष्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौं, भीमेश्वर नगरपालिका र पशुपति चौलागाइँ स्मृति अस्पताल  चरिकोट दोलखाको संयुक्त आयोजनामा भएको शिविरलाई मेड (सोलुसन फाउन्डेसन स्विट्जरल्याण्डले प्रायोजन गरेको थियो । शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाँचजनाको टोलीसँगै एकजना वरिष्ठ एनेस्थेसिस्ट र पाँचजना नर्सले सेवा प्रवाह गरेका थिए ।

नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौंका वरिष्ठ एनेस्थेटिस्ट चिकित्सक संयुक्त आचार्यका अनुसार दोलखाका विभिन्न स्थानका बिरामीहरूले सेवा लिएका बताए । 

शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा रचित शर्माले  शिविरमा ३९ जनाको शल्यक्रिया गरिएको जानकारी दिए। शिविरमा सम्पूर्ण शल्यक्रियामा चाहिने उपयोग्य सामग्री र औषधि निःशुल्क गरिएको डा आचार्यको भनाइ छ ।

शिविरको एक कार्यक्रमबीच चिकित्सकको टोलीलाई धन्यवाद दिँदै समापन गरिएको पशुपति चौलागाइँ स्मृति अस्पतालका अध्यक्ष भरतनारायण प्रधानले बताए।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ३ : ०६ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ