सिरोहियालाई कांग्रेसको साथ, एकसाथ कान्तिपुर कार्यालय पुगे २० बढी सांसद | Khabarhub Khabarhub

सिरोहियालाई कांग्रेसको साथ, एकसाथ कान्तिपुर कार्यालय पुगे २० बढी सांसद


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरू कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहियालाई भेट्न थापाथलीस्थित कार्यालयमा पुगेका छन् ।

दोहोरो नागरिकता प्रकरणमा जिल्ला अदालत धनुषाबाट मंगलबार पक्राउ पुर्जी जारी भएपछि कांग्रेसका झण्डै दुई दर्जन नेताहरू थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा पुगेर सिरोहियासँग संवाद गरेका का हुन् ।

सिरोहियालाई भेटेर फर्किएका कांग्रेस नेता रामहरि खतिवडाले आफूसहित करिब २० जना सांसदहरू त्यहाँ पुगेको पुष्टि गरे ।

उनले पूर्व परराष्ट्रमन्त्री एनपी साउदसँगै सांसदहरू दीपक गिरी, वीरबहादुर बलायर, प्रतिमा गौतम, रामनाथ अधिकारी, राजु थापा, चन्दा चौधरी र राजेन्द्र बजगाईँलगायत नेताहरू सिरोहियालाई साथ दिन पुगेको पनि बताए ।

‘कान्तिपुरले लगातार सहकारी ठगीबारे समाचार प्रकाशित गर्दै आएको थियो । एकाएक कान्तिपुरका अध्यक्षलाई पक्राउ पुर्जी जारी भएको समाचार मिडियामा आयो,’ खतिवडाले खबरहबसँग भने, ‘के रहेछ भनेर बुझ्न गएका हौँ । यदि सरकारको कदम प्रतिशोधपूर्ण हो भने हाम्रो आपत्ति छ भनेका छौँ ।’

जवाफमा सिरिहियाले कानुनी रुपमा आफू गलत भए कारबाही भोग्न तयार रहेको बताएका थिए । तर सहकारी प्रकरणमा निरन्तर समाचार लेखिरहेपछि सरकारले प्रतिशोध साँध्न पक्राउ पुर्जी जारी गरेको सिरोहियाले बताएको खतिवडाले जानकारी दिए ।

उता सिरोहियाले मंगलबार नै विज्ञप्ति निकालेर जिम्मेवार नागरिकका रुपमा कानुनअनुसार हुने अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन् ।

जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि सिरोहियाले विज्ञप्ति जारी गरेर उनले कानुनअनुसार हुने अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका हुन् ।

सिरोहियाले राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै पनि प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर मिडिया ग्रुप विचलित नहुने पनि उल्लेख गरेका छन् ।

‘कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार म छु,’ सिरोहियाले भनेका छन्, ‘तर, राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन ।’

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ३ : २९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको