प्रधानमन्त्री दाहालले कति सम्पत्ति देखाए ? « Khabarhub

प्रधानमन्त्री दाहालले कति सम्पत्ति देखाए ?


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले एक घर, १५ कठ्ठा जमिन, ५ तोला सुन र २५ लाख रुपैयाँ नगद रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको ६ दिनपछि दाहालले पछिल्लो सम्पत्ति विवरण सार्वजनिक जानकारीमा ल्याएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा प्रविष्ट विवरणअनुसार प्रधानमन्त्री दाहालसँग चितवनस्थित भरतपुर महानगरपालिका–१४ मा स्व. पत्नी सीता दाहालको नाममा रहेको १४ कट्ठा जमिन छ । पार्किङ सहितको यो जमिन पैतृक भएको दाहालले जनाएका छन् ।

यसैगरी भरतपुर महानगरपालिका–१२ मा सीता दाहालकै नाममा १ कट्ठा जमिन रहेको र सो अंशबाट प्राप्त गरेको दाहालले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । चल सम्पत्तितर्फ आफूसँग ५ तोला सुन रहेको र सो को स्रोत पनि पैतृक नै रहेको दाहालले जनाएका छन् ।

दाहालले आफ्नो नाममा एभरेष्ट बैंक लिमिटेड, सिंहदरबार शाखामा २५ लाख रुपैयाँ मौज्दात रहेको विवरण भरेका छन् । सो नगदको स्रोत प्रतिनिधि सभा सदस्यको हैसियतले प्राप्त पारिश्रमिक भएको दाहालले खुलाएका छन् ।

सम्पत्ति विवरणमा उल्लेख भएअनुसार प्रधानमन्त्री दाहालसँग कुनै पनि बैंक तथा वित्तीय संस्थाको धितोपत्र, शेयर वा ऋणपत्र छैन । यतिखेर आफ्नो ऋण लेनदेन पनि कसैसँग नरहेको उनले जनाएका छन् । आफूसँग निजी सवारीसाधन नरहेको पनि दाहालको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ४ : १७ बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब