प्रधानमन्त्री दाहालले कति सम्पत्ति देखाए ? « Khabarhub

प्रधानमन्त्री दाहालले कति सम्पत्ति देखाए ?


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले एक घर, १५ कठ्ठा जमिन, ५ तोला सुन र २५ लाख रुपैयाँ नगद रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको ६ दिनपछि दाहालले पछिल्लो सम्पत्ति विवरण सार्वजनिक जानकारीमा ल्याएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा प्रविष्ट विवरणअनुसार प्रधानमन्त्री दाहालसँग चितवनस्थित भरतपुर महानगरपालिका–१४ मा स्व. पत्नी सीता दाहालको नाममा रहेको १४ कट्ठा जमिन छ । पार्किङ सहितको यो जमिन पैतृक भएको दाहालले जनाएका छन् ।

यसैगरी भरतपुर महानगरपालिका–१२ मा सीता दाहालकै नाममा १ कट्ठा जमिन रहेको र सो अंशबाट प्राप्त गरेको दाहालले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । चल सम्पत्तितर्फ आफूसँग ५ तोला सुन रहेको र सो को स्रोत पनि पैतृक नै रहेको दाहालले जनाएका छन् ।

दाहालले आफ्नो नाममा एभरेष्ट बैंक लिमिटेड, सिंहदरबार शाखामा २५ लाख रुपैयाँ मौज्दात रहेको विवरण भरेका छन् । सो नगदको स्रोत प्रतिनिधि सभा सदस्यको हैसियतले प्राप्त पारिश्रमिक भएको दाहालले खुलाएका छन् ।

सम्पत्ति विवरणमा उल्लेख भएअनुसार प्रधानमन्त्री दाहालसँग कुनै पनि बैंक तथा वित्तीय संस्थाको धितोपत्र, शेयर वा ऋणपत्र छैन । यतिखेर आफ्नो ऋण लेनदेन पनि कसैसँग नरहेको उनले जनाएका छन् । आफूसँग निजी सवारीसाधन नरहेको पनि दाहालको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ४ : १७ बजे

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन

एकताको प्रयास असफल भयो, विभाजनको समीक्षा इतिहासले गर्नेछ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई