सम्पत्ति विवरणमा रक्षामन्त्रीको केरमेट : ३५ किलो सुन लेखेर २५ तोलामा झारे « Khabarhub

सम्पत्ति विवरणमा रक्षामन्त्रीको केरमेट : ३५ किलो सुन लेखेर २५ तोलामा झारे


८ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सम्पत्ति विवरणमा व्यापक केरमेट गरेका छन्‌ । उनले सम्पत्तिको विवरणदेखि स्रोतसम्म केरमेट गरेका हुन्‌ ।

सम्पत्ति विवरण फारमको बूँदा नं. २ (चल सम्पत्तिको विवरण) तालिकामा उप्रेतीले ३५ किलो सुन लेखेर, त्यसलाई काटेर पुन: २५ तोला उल्लेख गरेका छन्‌ । उक्त सुन प्राप्तिको स्रोत पुर्ख्यौली भएको उप्रेतीको दाबी छ ।

प्राप्ति मितिमा दाइजो लेखेर, त्यसलाई काटेर प्राप्तिको स्रोतमा पुर्ख्यौली लेखेका उप्रेतीले बैंक/वित्तीय संस्थामा आफ्नो कुनै खाता नरहेको दाबी गरेका छन्‌ ।

रक्षामन्त्री उप्रेतीले सर्लाहीको बरहथवा नगरपालिका-४ मा साढे ३५ कठ्ठा जमिन रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्‌ ।

उप्रेतीले २५ तोला सुन र श्रीमतीको नाममा १६ लाख मूल्य पर्ने गाडी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन्‌ । त्यही सुनको विवरणमा केरमेट गरिएको हो ।

अचल सम्पत्तिको विवरणमा पनि मन्त्री उप्रेतीले निकै केरमेट गरेका छन्‌ । विवरणको १ (क) मा उप्रेतीले आफूसँग ३ वटा घरको विवरण भरेर पछि दुईवटा विवरण केरेका छन्‌ । बरहथवा-४  मा २५ कट्ठा र २० कट्ठा जमिन रहेको विवरण उनले केरेका हुन्‌ ।

 

रक्षामन्त्री उप्रेतीको सम्पत्ति विवरण:

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ४ : ५५ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका