काठमाडौंमा छैन नारायणकाजीको घर, चढ्छन् प्रचण्डले दिएको गाडी ! « Khabarhub

काठमाडौंमा छैन नारायणकाजीको घर, चढ्छन् प्रचण्डले दिएको गाडी !

गोरखाको जग्गा पनि पार्टीलाई हस्तान्तरण गरेको जिकिर


८ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठसँग संघीय राजधानी काठमाडौंमा घर छैन ।

उनी अहिले ललितपुरस्थित सरकारी निवासमा बस्छन् । मन्त्री नभएका बेला उनको बास भाडाको घरमा हुने गरेको छ ।

श्रेष्ठका अनुसार गृहजिल्ला गोरखाको सिराञ्चोक गाउँपालिका-८ मा पैत्रिक सम्पत्तिका रुपमा रहेको ३१ रोपनी १५ आना १ पैसा एक कित्ता, १ रोपनी १० आना १ पैसा १ दाम अर्को कित्ता र ५ रोपनी ७ आना ३ पैसा ३ दाम अर्को कित्ता जग्गा रहेको छ ।

त्यो सबै सम्पत्ति पनि आफूले २०५८ सालमा पार्टीलाई हस्तान्तरण गर्ने घोषणाअनुसार प्रक्रियामा रहेको उनले जनाएका छन् ।

उनीसँग राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखाको खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा बचत रहेको सम्पत्ति विवरणमा देखाइएको छ ।

नारायणकाजीले आफूसँग कुनै किसिमको शेयर, ऋण र पशुधनसमेत नरहेको उल्लेख गरेका छन् ।

उनले अहिले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपलब्ध गराएको पुरानो गाडी चढिरहेको पनि जनाएका छन् ।

बा १० च ५७५९ नम्बरको उक्त गाडी आफूलाई प्रचण्डले प्रयोग गर्न दिएकाले त्यसको खरिद मूल्य र मिति दुवै थाहा नभएको पनि श्रेष्ठले जनाएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ४ : ४७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको