उद्योगमन्त्री भण्डारीकाे सम्पत्ति : ६ तोला सुन, १० लाख ऋण « Khabarhub

उद्योगमन्त्री भण्डारीकाे सम्पत्ति : ६ तोला सुन, १० लाख ऋण


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्पत्ति सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनी काठमाडौंमा डेरामा बस्दै आएका छन् ।

सम्पत्तिको नाममा उनको बैतडीको पाटन नगरपालिका ६ मा ६ कोठे पुर्ख्यौली घर र २ रोपनी जमिन छ । मन्त्री भण्डारीले बुझाएको सम्पत्ति विवरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ मा पनि २ कट्ठा जमिन देखिएको छ ।

श्रीमती कविताको नाममा ६ तोला सुन र विभिन्न बैंकमा आफ्नो र श्रीमतीको नाममा १२ लाख भन्दा बढी नगद मौज्दात रहेको मन्त्री भण्डारीले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

त्यस्तै उनले प्रसिद्ध संगम हस्पिटल प्रालिमा ८ हजार कित्ता शेयर भएको र १० लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ५ : ०३ बजे

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले