उद्योगमन्त्री भण्डारीकाे सम्पत्ति : ६ तोला सुन, १० लाख ऋण | Khabarhub Khabarhub

उद्योगमन्त्री भण्डारीकाे सम्पत्ति : ६ तोला सुन, १० लाख ऋण


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्पत्ति सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनी काठमाडौंमा डेरामा बस्दै आएका छन् ।

सम्पत्तिको नाममा उनको बैतडीको पाटन नगरपालिका ६ मा ६ कोठे पुर्ख्यौली घर र २ रोपनी जमिन छ । मन्त्री भण्डारीले बुझाएको सम्पत्ति विवरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ मा पनि २ कट्ठा जमिन देखिएको छ ।

श्रीमती कविताको नाममा ६ तोला सुन र विभिन्न बैंकमा आफ्नो र श्रीमतीको नाममा १२ लाख भन्दा बढी नगद मौज्दात रहेको मन्त्री भण्डारीले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

त्यस्तै उनले प्रसिद्ध संगम हस्पिटल प्रालिमा ८ हजार कित्ता शेयर भएको र १० लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ५ : ०३ बजे

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै

चारआना, चारपाङ्ग्रे र चाकरीको चकचकी

आँगनमा चारो टिप्दै गरेको कुखुरा हेरेर टोलाइरहेको एउटा मनोरोगी गम्न