वनमन्त्रीको सम्पत्ति : एउटा बन्दुक र डेढसय तोला सुन  | Khabarhub Khabarhub

वनमन्त्रीको सम्पत्ति : एउटा बन्दुक र डेढसय तोला सुन 


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार वन तथा वातावरणमन्त्री नवलकिशोर साहसँग एउटा बन्दुकसहित झण्डै डेढ सय तोला सुन, लाखौंको जग्गा र लाखौं नगद रहेको छ ।

विवरण अनुसार साहको सप्तरीमा ७८ लाख ५ हजारको जग्गा रहेको छ भने सप्तरीमा पनि ९ लाखको २ वटा घर छ । त्यस्तै उनले ५६ तोला  सुन र ६५० ग्राम चाँदी  दाइजोमा पाएको विवरणमा उल्लेख गरेका छन् । यस्तै उनले छोराछोरीको विवाहमा ८० तोला सुन उपहार पाएको विवरणमा उल्लेख गरेका छन् । 

मन्त्री साहको नाममा  विभिन्न बैंकमा ७० लाख भन्दा बढी रकम रहेको छ भने छोराछोरीको नाममा झण्डै ५ लाख रहेको छ ।

साथै उनले ८० लाख सापटी लिएको विवरणमा उल्लेख गरेका छन् । साहसँग एउटा गाडी र बन्दुक (१२ बोर) राइफल पनि रहेको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ५ : २३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको