वनमन्त्रीको सम्पत्ति : एउटा बन्दुक र डेढसय तोला सुन  « Khabarhub

वनमन्त्रीको सम्पत्ति : एउटा बन्दुक र डेढसय तोला सुन 


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार वन तथा वातावरणमन्त्री नवलकिशोर साहसँग एउटा बन्दुकसहित झण्डै डेढ सय तोला सुन, लाखौंको जग्गा र लाखौं नगद रहेको छ ।

विवरण अनुसार साहको सप्तरीमा ७८ लाख ५ हजारको जग्गा रहेको छ भने सप्तरीमा पनि ९ लाखको २ वटा घर छ । त्यस्तै उनले ५६ तोला  सुन र ६५० ग्राम चाँदी  दाइजोमा पाएको विवरणमा उल्लेख गरेका छन् । यस्तै उनले छोराछोरीको विवाहमा ८० तोला सुन उपहार पाएको विवरणमा उल्लेख गरेका छन् । 

मन्त्री साहको नाममा  विभिन्न बैंकमा ७० लाख भन्दा बढी रकम रहेको छ भने छोराछोरीको नाममा झण्डै ५ लाख रहेको छ ।

साथै उनले ८० लाख सापटी लिएको विवरणमा उल्लेख गरेका छन् । साहसँग एउटा गाडी र बन्दुक (१२ बोर) राइफल पनि रहेको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ५ : २३ बजे

‘जेनजी आन्दोलनमा बाह्य तत्व घुसपैठ छ भन्ने कुरामा मलाई विश्वास छैन’

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले गतवर्षको भदौ २३ र २४ गते

बाढीपीडितलाई भीमेश्वरको ३० लाख र वैतेश्वरको ७ लाख ७० हजार सहयोग

दोलखा – रसुवा–भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट

भारत–बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता

ढाका– भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने

‘यो सरकारबाट जेन-जी आन्दोलनको औचित्य पुष्टि हुनेमा शङ्का छ’

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता मोनिका निरौलाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

सरकारलाई जेन-जीको चेतावनी, ‘आफैंलाई अन्तिम हो भन्ने नठान्नु, जनताले विकल्प खोज्छन्’

काठमाडौं- सडकबाट स्वतन्त्र रुपमा आवाज उठाइरहेका जेन-जी अभियान्ताहरू वालेन्द्र शाह