कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाम ल्याइँदै  « Khabarhub

कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाम ल्याइँदै 


८ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– किर्ते नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुरधाम ल्याइँदै छ । उनलाई स्थलमार्ग (बिपि राजमार्ग) बाट धुलिखेल, सिन्धुलि हुँदै जनकपुरधाम ल्याइँदै गरेको जानकारी प्राप्त भएको छ । उनी अहिले बाटोमै छन् । उनी पक्राउ परेपनि आफ्नै गाडीमा जनकपुरधाम आउँदै छन् । 

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो ।  जाहेरी परेपछि आज मंगलबार नै जिल्ला अदालत धनुषाले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । 

सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली कान्तिपुरको केन्द्रीय कार्यालय पुगेको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ७ : ५३ बजे

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने