कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाम ल्याइँदै  « Khabarhub

कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाम ल्याइँदै 


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– किर्ते नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुरधाम ल्याइँदै छ । उनलाई स्थलमार्ग (बिपि राजमार्ग) बाट धुलिखेल, सिन्धुलि हुँदै जनकपुरधाम ल्याइँदै गरेको जानकारी प्राप्त भएको छ । उनी अहिले बाटोमै छन् । उनी पक्राउ परेपनि आफ्नै गाडीमा जनकपुरधाम आउँदै छन् । 

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो ।  जाहेरी परेपछि आज मंगलबार नै जिल्ला अदालत धनुषाले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । 

सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली कान्तिपुरको केन्द्रीय कार्यालय पुगेको थियो ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ७ : ५३ बजे

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६