गण्डकी प्रदेशद्वारा दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र सार्वजनिक « Khabarhub

गण्डकी प्रदेशद्वारा दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र सार्वजनिक


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी । गण्डकी प्रदेश नीति तथा योजना आयोगले गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना (२०८१/८२–२०८५/८६) को परिमार्जित आधारपत्र आज सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८१ जेठ ४ गतेको निर्णयअनुसार स्वीकृत दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र एक कार्यक्रमका बीच मुख्यमन्त्री खगराज अधिकारीले सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री अधिकारीले यसअघि सार्वजनिक आधारपत्र १६औँ पञ्चवर्षीय योजनासँग तालमेल नमिल्नुका साथै संविधानले लक्षित गरेको समाजवाद उन्मुख अर्थतन्त्रलाई अवलम्बन नगरिएका कारण परिमार्जन गरिएको बताए ।

गरिबी न्यूनीकरण, समतामूलक समाज स्थापना र स्थानीय आर्थिक विकासलाई आधारपत्रले समेटेको बताउँदै उहाँले निरन्तरको खटाइबाट यसलाई परिमार्जन गरिएको बताए । यसअघिका सरकारले सहयोग लिएका विज्ञलाई बोलाएर आधारपत्र परिमार्जन गरिएको उनले जानकारी दिए।

यसअघि नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे नेतृत्वको सरकारले सार्वजनिक गरेको आधारपत्रमा ‘आत्मनिर्भर र समुन्नत प्रदेश, सम्मानित प्रदेशवासी’ को सोच हासिल गर्न उत्पादकत्व वृद्धि, सामाजिक न्याय र समुन्नतिलाई प्रादेशिक लक्ष्य निर्धारण गरिएकोमा अधिकारी नेतृत्वको सरकारले समाजवाद उन्मुख स्वतन्त्र, आत्मनिर्भर र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्यलाई सार्थकता प्रदान गर्न ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ लाई दोस्रो पञ्चवर्षीय योजनाको सोच तय गरेको छ ।

आधारपत्रमा उल्लेखित तीन उद्देश्यमा आर्थिक वृद्धि एवं विकासका लाभको समतामूलक र न्यायोचित वितरणमार्फत समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु, मानव पुँजी निर्माण, गुणस्तरीय पूर्वाधारको विकास एवं उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध प्रदेशको आधारशीला निर्माण गर्नु र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमा प्रदेशवासीको सहज पहुँच र सुशासन अभिवृद्धि गर्नु उल्लेख गरिएको छ ।

गण्डकी प्रदेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा श्रीकान्त खतिवडाले शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, सामाजिक समावेशिताको क्षेत्रमा केही परिमार्जन गरिएको जानकारी दिए । समृद्ध प्रदेशः सुखी प्रदेशवासीको सोच हासिल गर्न उत्पाचदकत्व वृद्धि, मर्यादित जीवन र सामाजिक न्यायसहितको सुशासनयुक्त समुन्नत प्रदेश निर्माण गर्ने लक्ष्य राखिएको उनले बताए।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ८ : २४ बजे

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक