सिरोहिया पक्राउबारे गगनले भने - अपराध ढाकछोप गर्ने दुस्प्रयास | Khabarhub Khabarhub

सिरोहिया पक्राउबारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिनु अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न सिरोहियालाई पक्राउ गरिएको बताएका हुन् ।

उनले लेखेको छन्, ‘ प्रष्ट छु, कानूनभन्दा माथि कोही छैन र हुदैन । गल्ति गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ। म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो । मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो। आफुमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन्–हेक्का रहोस्।’

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १० : २९ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि