नेपाल शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी : प्रधानमन्त्री « Khabarhub

नेपाल शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी : प्रधानमन्त्री


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी भएको बताएका छन् । 

विश्व योग दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् । 

उनले प्राचीनकालमा सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित हिमवत् क्षेत्रमा बस्ने प्राचीन योगी, ऋषि, महर्षिहरूले दीर्घ तपः साधनाको माध्यमबाट योगाभ्यासको विकास र प्रवर्द्धन गरेको बताए। 

यस्तै योग अभ्यासको ज्ञान र परम्परा अहिले पनि उत्तिकै सान्दर्भिक र जीवनका लागि उर्जा प्रदायक रहेकाले वर्तमान परिवेशमा योगाभ्यास र शिक्षा सम्बन्धी उचित नीतिहरूको प्रबन्ध, प्रभावकारी संरचनात्मक व्यवस्था र नेपालको अभ्यासको विश्वव्यापिकरण ध्यान दिनुपर्नेमा उनको जोड छ ।

 प्रधानमन्त्री प्रचण्डले भने, ‘योग, साधनाजस्ता पक्षलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी यसलाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दुष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न योग दिवस सफल रहोस् भन्ने समेत शुभकामना व्यक्त गर्दछु।’

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ६ : ४८ बजे

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया : सर्वेक्षण

लुम्बिनी– लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा

बालाजुमा सडक पिच गर्ने चटारो (तस्बिरहरू)

काठमाडौं– चोकदेखि प्रहरी चौकीसम्मको सम्पूर्ण सडक कालोपत्र सम्पन्न भएको छ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा

काभ्रे– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका आठ अस्पतालबाट प्रथम सेवा प्रदान