इटालीलाई हराउँदै स्पेन युरोकपको नकआउट चरणमा | Khabarhub Khabarhub

इटालीलाई हराउँदै स्पेन युरोकपको नकआउट चरणमा


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेन जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।

स्पेनको जितमा खेलको ५५औं मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरेका थिए । 

यो यस प्रतियोगितामा स्पेनको लगातार दोस्रो जित हो । २ खेलमा ६ अंक हासिल गरेको स्पेन समुह बी बाट नकआउट चरणमा छनौट भएको छ । त्यस्तै इटालीको भने २ खेलमा ३ अंक रहेको छ ।

अब स्पेनले अर्को खेल जुन २५ मा अल्बानियासँग खेल्ने छ भने इटालीले सोही दिन क्रोसियासँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ६ : ५६ बजे

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा

आकर्षक गन्तव्य बन्दै आमपानी झरना

कैलाली– आमपानी झरना कैलालीको लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर