इटालीलाई हराउँदै स्पेन युरोकपको नकआउट चरणमा « Khabarhub

इटालीलाई हराउँदै स्पेन युरोकपको नकआउट चरणमा


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेन जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।

स्पेनको जितमा खेलको ५५औं मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरेका थिए । 

यो यस प्रतियोगितामा स्पेनको लगातार दोस्रो जित हो । २ खेलमा ६ अंक हासिल गरेको स्पेन समुह बी बाट नकआउट चरणमा छनौट भएको छ । त्यस्तै इटालीको भने २ खेलमा ३ अंक रहेको छ ।

अब स्पेनले अर्को खेल जुन २५ मा अल्बानियासँग खेल्ने छ भने इटालीले सोही दिन क्रोसियासँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ६ : ५६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु