अर्जेन्टिनाको कोपा अमेरिकामा विजयी सुरुवात « Khabarhub

अर्जेन्टिनाको कोपा अमेरिकामा विजयी सुरुवात


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । 

आजदेखि शुरु भएको ४८औं कोपा अमेरिकाको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो।

अल्भारेजले खेलको ४९औं मिनेटमा र मार्टिनेजले खेलको ८८औ मिनेटमा गोल गरेका थिए । कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन समेत रहेको अर्जेन्टिनाले यो जितपछि समुह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब अर्जेन्टिनाले अर्को खेल जुन २६ मा चिलीविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै क्यानडाले पनि जुन २६ मा पेरुविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ८ : ४९ बजे

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा