भारतको आर्थिक विकासबाट हामीले पनि फाइदा लिनुपर्छ : राष्ट्रपति विक्रमासिंघे | Khabarhub Khabarhub

भारतको आर्थिक विकासबाट हामीले पनि फाइदा लिनुपर्छ : राष्ट्रपति विक्रमासिंघे


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंश्रीलंकाका राष्ट्रपति रनील विक्रमासिंघेले भारतसँग अझ निकट हुनुपर्ने विचार व्यक्त गरेका छन् ।

राजधानी कोलम्बोमा आयोजित औद्योगिक सम्मेलनलाई उद्घाटन गर्दै प्रधानमन्त्री विक्रमासिंघेले छिमेकी भारतले बृहद् औद्योगिक विकासमा अघि बढिरहेको भन्दै आफ्नो मुलुकले पनि त्यसबाट फाइदा लिनुपर्ने बताएका हुन् ।

यसबारे आफूले भारतीय विदेशमन्त्री एस जयशंकरसँग छलफल गर्ने उनको भनाइ छ । श्रीलंकाले सौर्य एवम् वायु ऊर्जा तथा तरल हाइड्रोजनको क्षेत्रमा भारतसँग सहकार्य गर्नसक्ने उनको भनाइ छ ।

मुलुकको अर्थ मन्त्रालयको पनि जिम्मेवारीमा रहेको राष्ट्रपति विक्रमासिंघेले आफ्नो मुलुक आयातमुखी अर्थतन्त्रबाट निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण हुने दिशामा अघि बढिरहेको समेत बताए ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ९ : ४१ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान