राष्ट्रपति निर्वाचनको प्रचारका लागि डोनाल्ड ट्रम्पलाई पाँच करोड डलर चन्दा « Khabarhub

राष्ट्रपति निर्वाचनको प्रचारका लागि डोनाल्ड ट्रम्पलाई पाँच करोड डलर चन्दा


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्बपति टिमोथी मेलनले राष्ट्रपति निर्वाचनको प्रचारका लागि पाँच करोड डलर चन्दा दिएका छन् । 

ट्रम्पका लागि काम गर्दै आएको ‘एमएजीए इंक’ नामक सुपर–प्याक फन्डले चुनाव आयोगलाई गत महिनामा आमनगरिकबाट ६.८ करोड डलरभन्दा बढी चन्दा लिएको जानकारी दिएको छ ।

समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले पिट्सबर्गस्थित मेलन बैंकिङ परिवारका उत्तराधिकारी टिमोथी मेलनले ट्रम्पलाई पाँच करोड डलर चन्दा दिएको समाचारमा उल्लेख गरेको छ । 

यस्तै अर्बपति लिज र डिक उइहलिनले पनि ट्रम्पलाई एक करोड डलर चन्दा दिएका छन् । अमेरिकी मिडियाका अनुसार ट्रम्पलाई न्युयोर्क हश–मनी केसमा दोषी ठहर गरेको एक दिनपछि मेलनले चन्दा पठाएका थिए । 

मेलनले राष्ट्रपतिका स्वतन्त्र प्रत्यासी रोबर्ट एफ केनेडी जुनियरलाई पनि दुई करोड डलर चन्दा दिएका छन् । मेलनद्वारा उपलब्ध गराइएको चन्दाबाट पछिल्ला केही सातामा ट्रम्पको टिमले चुनाव प्रचार–प्रसारमा राष्ट्रपति जो बाइडेनभन्दा बढी खर्च गरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ११ : १० बजे

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली