केजरीवालको जमानतविरुद्ध इडीको उच्च अदालतमा रिट, आजै सुनुवाइ हुँदै | Khabarhub Khabarhub

केजरीवालको जमानतविरुद्ध इडीको उच्च अदालतमा रिट, आजै सुनुवाइ हुँदै


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिने ट्रायल कोर्टको आदेशबिरूद्ध प्रवर्तन निर्देशनालय (ईडी)ले दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ ।

ईडीले यस मुद्दाको तुरुन्त सुनुवाइ गर्न माग गर्दै रिट दायर गरेको छ भने उच्च अदालतले ईडीको याचिका सुन्न तयार भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

यो सुनुवाइपछि मात्रै अरविन्द केजरीवाल आज रिहा हुने कि नहुने स्पष्ट हुनेछ ।

केजरीवललाई राउज एभिन्यू अदालतले बिहिबार जमानतमा रिहा गर्ने आदेश दिएको थियो । दिल्लीको रक्सी नीति घोटालाको मनी लान्ड्रिंग मुद्दामा अदालतले जमानत दिएको थियो । बिहिबार प्रवर्तन निर्देशनालय (ईडी) ले जमानत विरुद्ध अपील गर्न ४८ घण्टाको समय मागेको थियो तर राउज एभिन्यू अदालतले सो अस्वीकार गर्दै शुक्रबार उच्च अदालतले यो विषयमा हेर्न सक्ने बताएको थियो । 

अदालतले दिल्लीका मुख्यमन्त्रीलाई १ लाख रुपैयाँको जमानत बुझाउन भनेको छ । यसअघि सर्वोच्च अदालतले केजरीवाललाई लोकसभा चुनावका लागि २१ दिनको अन्तरिम जमानत दिएको थियो । केजरीवाल सर्वोच्च आदेश अनुसार जुन २ मा जेलमा हाजिर भएका थिए ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १२ : २७ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले