युक्रेनलाई हतियार नदिन दक्षिण कोरियालाई पुटिनको चेतावनी « Khabarhub

युक्रेनलाई हतियार नदिन दक्षिण कोरियालाई पुटिनको चेतावनी


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले दक्षिण कोरियालाई रूसविरुद्धको युद्धमा सघाउनका लागि युक्रेनलाई हतियार नदिन चेतावनी दिएका छन् ।

रुसविरुद्धको युद्धमा युक्रेनलाई हतियार उपलब्ध गराए दक्षिण कोरियाका लागि महँगो पर्ने उनले बताएका छन् ।

दक्षिण कोरियाले भने रूस र उत्तर कोरियाबीच भएको नयाँ सम्झौतालाई मध्यनजर गर्दै युक्रेनलाई हतियार दिने विषयमा सोच बनाइरहेको बताएको छ । यसैमा प्रतिक्रिया दिँदै रुसी राष्ट्रपति पुटिनले दक्षिण कोरियालाई चेतावनी दिएका हुन् ।

रूस र उत्तर कोरियाले हालै अन्य देशसँगको युद्धका दौरान एक–अर्को मुलुकलाई आपसमा सहयोग गर्ने सम्झौता गरेका छन् । जसमा दक्षिण कोरियाले विरोध जनाएको छ ।

दक्षिण कोरियाले उक्त सम्झौतालाई राष्ट्रिय सुरक्षाका लागि खतरा भन्दै निन्दा गरेको थियो । दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चाङ हो–जिनले ‘युक्रेनलाई हतियार दिने विषयमा पुनर्विचार’ गर्ने योजना बनाइएको बताएका थिए ।

पुटिनले बिहीबार भियतनाममा पत्रकारहरुसँग युक्रेनलाई हतियार आपूर्ति गर्ने निर्णय गरे रुस दक्षिण कोरियाको वर्तमान नेतृत्वसँग खुसी नहुने बताएका थिए ।

पुटिनको टिप्पणीपछि दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले शुक्रवार युक्रेनलाई हतियार आपूर्ति गर्नेबारे विभिन्न विकल्पहरूमा विचार गरिने र रुसको दृष्टिकोणका आधारमा कदम चालिने बताएको छ ।

–बीबीसीबाट

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  २ : २८ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा