भारतीय पुँजी बजारमा विदेशी लगानीको ओइरो « Khabarhub

भारतीय पुँजी बजारमा विदेशी लगानीको ओइरो


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका निर्वाचित भएसँगै भारतमा उल्लेखनीय विदेशी लगानी भित्रिरहेको पाइएको छ ।

भारतीय आर्थिक अनलाइन समाचार पोर्टल बिजनेस स्ट्याण्डर्डका अनुसार पछिल्ला दुई सातामा मात्रै भारतीय पुँजी बजारमा २ अर्ब ४० करोड अमेरिकी डलर बराबरको विदेशी लगानी भित्रिएको छ । यसमध्ये सबैभन्दा धेरै अमेरिकाबाट लगानी भित्रिएको जनाइएको छ ।

यसलाई प्रधानमन्त्री मोदी तेस्रो कार्यकालका लागि निर्वाचित भएसँगै विदेशी लगानीकर्तामाझ भारतमा लगानी गर्न विश्वासको वातावरण बन्दै गएको अर्थमा विश्लेषण गरिएको छ ।

‘चुनावको स्पष्ट नतिजाको अपेक्षामा धेरै लगानी अड्किरहेको थियो । हामीले पछिल्लो दुई सातामा भारतमा लगानीकर्ताको भिड लागेको पाएका छौँ ।’ एलारा क्यापिटलका सुनिल जैनलाई उद्धृत गर्दै बिजनेस स्ट्याण्डर्डले जनाएको छ ।

यो अवधिमा सबैभन्दा धेरै अमेरिकाबाट ७० करोड, आयरल्याण्डबाट ४४ करोड र जापानबाट ४३ करोड डलर भारतीय बजारमा भित्रिएको जैनको भनाइ छ ।

विदेशी लगानीकर्ताहरू चीनबाट बाहिरिइरहेको अवस्थामा भारतमा लगानीकर्ता आकर्षित भएको स्ट्याण्डर्डको विश्लेषण छ । पछिल्ला तीन सातामा चिनियाँ बजारबाट २ अर्ब ३० करोड बराबरको विदेशी लगानी बाहिरिएको जनाइएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : ०८ बजे

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल