जेठ महिनामै पौने ६ अर्बका चारपाङ्ग्रे ईभी आयात « Khabarhub

जेठ महिनामै पौने ६ अर्बका चारपाङ्ग्रे ईभी आयात

कर बढाउने सूचना चुहाइएको आशङ्का


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को जेठ अर्थात् आगामी आवको बजेट ल्याइएको महिनामा पौने ६ अर्ब रुपैयाँ बराबरको चारपाङ्ग्रे विद्युतीय गाडी (ईभी) भित्रिएको छ ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको जेठ महिनामा ५० देखि २०० किलोवाट कमका ५ अर्ब ७९ करोड २८ लाख ६० हजार रुपैयाँ बराबरको एक हजार ८९ वटा विद्युतीय कार, जीप र भ्यान नेपालमा भित्र्याइएको हो ।

चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाख मसान्तसम्म ४ हजार ८९६ वटा सोही क्षमताका १३ अर्ब ८७ करोड ७४ लाख १९ हजार रुपैयाँ बराबरको कार जीप भ्यान भित्रिएको थियो । जब कि जेठ मसान्तसम्म आउँदा ६ हजार ८८५ वटा जेठसम्म १९ अर्ब ६७ करोड २ लाख ७९ हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप र भ्यान नेपालमा भित्रिएको विभागको तथ्याङ्कले देखाएको छ ।

११ महिना अवधिमा ४ हजार ३४४ वटा ५० देखि १०० किलोवाट क्षमताका ८ अर्ब १६ करोड २५ लाख २२ हजार बराबरका विद्युतीय कार जीप भ्यान नेपालमा भित्रिएका छन् । जब कि वैशाख मसान्तसम्म सोही क्षमताका ६ अर्ब ५२ करोड १२ लाख ७० हजार रुपैयाँ बराबरका ३४ सय ७२ थान कार जीप भ्यान नेपालमा भित्रिएका थिए ।

वैशाख मसान्तसम्म तीनपाङ्ग्रे विद्युतीय गाडी ७ हजार ९७० र एसेम्बल नगरिएका तीनपाङ्ग्रे विद्युतीय सवारी साधन २ हजार २२६ वटा भित्रिएका थिए । सो संख्या जेठ महिनामा वृद्धि भएर ८ हजार ५२३ र २ हजार ६६५ पुगेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा भित्रिएका विद्युतीय कार जीप भ्यानको संख्याको झण्डै एक तिहाइ संख्या जेठ महिनामा भित्रिएको तथ्याङ्कले देखाएको छ ।

सरकारले आर्थिक विधेयक, २०८० मार्फत् विद्युतीय सवारीको मोटर क्षमताका आधारमा ५ देखि २० प्रतिशतसम्म भन्सारमा वृद्धि गरेको छ ।

विधेयकमार्फत ५० किलोवाटसम्मको विद्युतीय कारमा १० प्रतिशत रहेको भन्सार दर वृद्धि गरेर १५ प्रतिशत, ५१ देखि १ सय किलोवाटसम्मको विद्युतीय सवारीमा १५ प्रतिशत रहेको भन्सार दरलाई वृद्धि गरेर २० प्रतिशत र १ सयदेखि २ सय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कारमा २० प्रतिशत रहेको भन्सार दरलाई वृद्धि गरेर ३० प्रतिशत बनाइएको छ।

त्यस्तै, विधेयकमा २ सयदेखि ३ सय किलोवाट क्षमता भएको विद्युतीय सवारी ४० प्रतिशत रहेको भन्सार दरमा वृद्धि गरेर ६० प्रतिशत र ३०० किलोवाट भन्दा क्षमता भएका विद्युतीय कारको भन्सार दरलाई ६० प्रतिशतबाट ८० प्रतिशत बनाइएको छ ।

चालु आवको ११ महिनाको अवधिको जेठ महिनामा मात्रै भित्रिएको सवारी साधनको संख्या र मूल्यलाई हेर्दा आगामी आवको आर्थिक विधेयकमा विद्युतीय कार जीप र भ्यानमा भन्सार दरमा हेरफेर हुने सूचना चुहाइएको आशङ्का भइरहेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ६ : १८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका