हज यात्रामा मक्का गएका भारतका मात्रै ९८ तीर्थयात्रीले ज्यान गुमाए « Khabarhub

हज यात्रामा मक्का गएका भारतका मात्रै ९८ तीर्थयात्रीले ज्यान गुमाए


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – साउदी अरबको मक्कामा हज यात्राका लागि गएकामध्ये भारतका मात्रै ९८ जना मुस्लिम धर्मावलम्बीले ज्यान गुमाएका छन । यसबेला मक्कामा विश्वभरबाट २० लाख हज यात्री पुगेका छन् ।

साउदी अरबमा प्रकाशित एक शोध प्रतिवेदनका अनुसार हज गर्न तीर्थयात्री ओइरिएको क्षेत्रको तापक्रम नै हरेक दशक ०.४ डिग्री सेल्सियसले बढिरहेको छ ।

मरुभूमिको देशमा भीषण गर्मीका कारण अन्य कयौँ देशका तीर्थयात्रीको पनि मृत्यु भएको छ । पछिल्लो पटक भारको बेङ्गलुरुका दुई हाजीको शरीरमा पानीको कमी र लु लागेर मृत्यु भएको छ ।

अहिलेसम्ममा हजका लागि मक्का गएका ९८ भारतीयको मृत्यु भइसकेको समाचार आएको छ । यस साल अहिलेसम्म भारतबाट एक लाख ७५ हजार भारतीय मक्का पुगेका छन् । समाचार अनुसार सबै मृत्यु प्राकृतिक छन् ।

साउदी अरबको मक्कामा यस गर्मीको मौसममा १००० हजारभन्दा धेरै हज यात्रीको मृत्यु भइसकेको छ । मक्का गर्मीयाममा मात्रै होइन, जाडो याममा पनि अत्यधिक गर्मी हुने ठाउँ हो ।

जाडोको महिनामा पनि यस क्षेत्रको तापक्रमले मानिसलाई अत्याउँछ । मक्काको जलवायुलाई लिएर विज्ञहरूले यहाँको चर्को गर्मीका लागि भौगोलिक कारण सबैभन्दा अधिक जिम्मेवार छ । मक्का सात अलग-अलग पहाडले घेरिएको क्षेत्र हो ।

यहाँ एक उपत्यकाको क्षेत्र छ । समुद्री सतहबाट केवल ९९९ फिटमा यो क्षेत्र छ । विशाल पहाडका कारण उत्तरबाट आउने चिसो हावा मक्कासम्म पुग्न सक्दैन । मक्का समुद्री सतहबाट केबल ३०० मिटरको उचाइमा छ । यसको कम उचाइका कारण यहाँका अन्य स्थानभन्दा चर्को गर्मी हुने गरेको छ ।

समाचारअनुसार सबैभन्दा धेरै इजिप्टका हज यात्रीको मृत्यु मक्का भएको छ । जोर्डन र इन्डोनेशियासहित विश्वका मानिस यति धेरै गर्मीमा टिक्न सक्दैनन् ।

जोर्डन उपत्यकामा गर्मीमा पनि अधिकतम तापक्रम ३८-३९ डिग्री सेल्सियससम्म मात्रै जान्छ । यस्तोमा अचानक ५० डिग्रीको तापक्रमका कारण हजयात्रीको ज्यान जान्छ ।

साउदी अरबका अधिकारीहरूले हज यात्राका क्रममा ज्यान गुमाउनेमा ३२३ जना इजिप्टका र ६० जना जोर्डनका रहेका बताएका छन् । इजिप्टका सबै हजयात्रीको मृत्युको कारण गर्मी नै रहेको छ । इन्डोनेशिया, इरान, सेनेगल, ट्युनिसियासमे कयौँ देशले आफ्ना नागरिकको मृत्यु पुष्टि गरिसकेका छन् ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ६ : २९ बजे

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि