रास्वपा र राप्रपा मिल्न सके जनतामा फरक सन्देश जान सक्छ : राजेन्द्र लिङ्देन | Khabarhub Khabarhub

रास्वपा र राप्रपा मिल्न सके जनतामा फरक सन्देश जान सक्छ : राजेन्द्र लिङ्देन


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद्‍मा आएपछि अंक गणितमामात्रै फरक  भएको बताएका छन् ।

उनले रास्वपाको उपस्थितिमा अन्य परिवर्तन नभएको टिप्पणी गरेका छन् । शुक्रबार रास्वपाको स्थापना दिवसमा सहभागी लिङ्देनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संसद्को प्रवृत्तिमा कुनै परिवर्तन नआएको बताए । ठूला दलका मुख्य नेताले निर्णय गर्ने र संसद्लाई बन्धक बनाउने काम जारी नै रहेको उनले बताए ।

‘संसद्को गणितमा फरक होला, तर संसद् पहिले जे थियो, त्यही छ । नियमावलीहरू दुई चार अक्षर तलमाथि होला, त्यही छ । प्रवृत्ति त्यही छ । केही दल र तिनका पनि मुख्य नेताका निर्णयको भारी संसद्ले बोक्नेबाहेक नयाँ कुरा केही पनि छैन,’ उनले भने ।

सांसदहरूलाई विधायक भनिए पनि स्वतन्त्र भएर आफ्नो विवेकले काम गर्न नपाएको उनले बताए । संसद् अहिले पनि केही नेताहरूको बन्धक बनेको उनले बताए ।

रास्वपा र राप्रपाबीच सहकार्यका लागि छलफल भइरहेको पनि उनले खुलाए । आफूहरूले सहकार्य गर्ने सोच बनाएर सँगै सरकारमा गएको पनि उनले स्मरण गराए ।

त्यसबेलाको सरकारमा विभिन्न कारणले समीकरण परिवर्तन भएकाले सहयात्रा लामो हुन नसकेको उनले बताए । रास्वपा र राप्रपाले सहकार्य गर्दा जनतालाई फरक सन्देश दिन सकिनेमा आफू विश्वस्त रहेको उनले बताए ।

‘हामी छलफलमा छौँ । सांसद्को निर्वाचन भइसकेपछि हामीले अभ्यास पनि गरका थियौं । त्यसमा सफल हुन सकेनौं । भविष्यमा फेरि त्यस्तो अभ्यास गर्नेछौँ । हामी दुई पार्टीले चाह्यौं भने फरक सन्देश दिन सक्छौं,’ उनले भने।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ७ : ३४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग