रास्वपा र राप्रपा मिल्न सके जनतामा फरक सन्देश जान सक्छ : राजेन्द्र लिङ्देन « Khabarhub

रास्वपा र राप्रपा मिल्न सके जनतामा फरक सन्देश जान सक्छ : राजेन्द्र लिङ्देन


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद्‍मा आएपछि अंक गणितमामात्रै फरक  भएको बताएका छन् ।

उनले रास्वपाको उपस्थितिमा अन्य परिवर्तन नभएको टिप्पणी गरेका छन् । शुक्रबार रास्वपाको स्थापना दिवसमा सहभागी लिङ्देनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संसद्को प्रवृत्तिमा कुनै परिवर्तन नआएको बताए । ठूला दलका मुख्य नेताले निर्णय गर्ने र संसद्लाई बन्धक बनाउने काम जारी नै रहेको उनले बताए ।

‘संसद्को गणितमा फरक होला, तर संसद् पहिले जे थियो, त्यही छ । नियमावलीहरू दुई चार अक्षर तलमाथि होला, त्यही छ । प्रवृत्ति त्यही छ । केही दल र तिनका पनि मुख्य नेताका निर्णयको भारी संसद्ले बोक्नेबाहेक नयाँ कुरा केही पनि छैन,’ उनले भने ।

सांसदहरूलाई विधायक भनिए पनि स्वतन्त्र भएर आफ्नो विवेकले काम गर्न नपाएको उनले बताए । संसद् अहिले पनि केही नेताहरूको बन्धक बनेको उनले बताए ।

रास्वपा र राप्रपाबीच सहकार्यका लागि छलफल भइरहेको पनि उनले खुलाए । आफूहरूले सहकार्य गर्ने सोच बनाएर सँगै सरकारमा गएको पनि उनले स्मरण गराए ।

त्यसबेलाको सरकारमा विभिन्न कारणले समीकरण परिवर्तन भएकाले सहयात्रा लामो हुन नसकेको उनले बताए । रास्वपा र राप्रपाले सहकार्य गर्दा जनतालाई फरक सन्देश दिन सकिनेमा आफू विश्वस्त रहेको उनले बताए ।

‘हामी छलफलमा छौँ । सांसद्को निर्वाचन भइसकेपछि हामीले अभ्यास पनि गरका थियौं । त्यसमा सफल हुन सकेनौं । भविष्यमा फेरि त्यस्तो अभ्यास गर्नेछौँ । हामी दुई पार्टीले चाह्यौं भने फरक सन्देश दिन सक्छौं,’ उनले भने।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ७ : ३४ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई