बाढीपहिरोले मकालुमा २४ घर विस्थापित | Khabarhub Khabarhub

बाढीपहिरोले मकालुमा २४ घर विस्थापित


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा- सङ्खुवासभाको मकालु गाउँपालिका–६ सागसेवामा आएको बाढीपहिरोले २४ घर परिवार विस्थापित भएका छन् ।

एक सातासम्म लगातार परेको वर्षापछि गुहे खोल्सामा आएको बाढीपहिरोले २४ घर उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

उच्च जोखिममा परेका ती परिवारहरुलाई आफन्तको घरमा सुरक्षित स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । बाढीपहिरोले मानवीय क्षति भने भएको छैन ।

क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रजिअ खड्काले जानकारी दिए । उनका अनुसार खोल्साको बाढीले सडकसमेत बगाएको छ ।

भोटखोला गाउँपालिका–४ मा पर्ने लामाबगर माथिबाट आएको पहिरोले करिब ३० मिटर सडक बगेको छ । सोही स्थानमा रहेको खाल्डे खोला माथिबाट आएको पहिराले ३५ मिटर सडक पुरेको प्रजिअ खड्काले बताए ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ८ : ४७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’