प्रहरी प्रधान कार्यालयमा टीआरसी विधेयकबारे छलफल « Khabarhub

प्रहरी प्रधान कार्यालयमा टीआरसी विधेयकबारे छलफल


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको टीआरसी विधेयकका सम्बन्धमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरसहित पूर्वप्रहरी महानिरीक्षकहरूबीच छलफल भएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा विधेयकमा समेटिनुपर्ने विषयहरूको बारेमा उनीहरूबीच छलफल भएको हो ।

छलफलमा प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य, पूर्वकानुनमन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, अवकाशप्राप्त प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाह, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, नेपाल प्रहरी पूर्वसंगठन प्रमुख मञ्चका संयोजक एवम् अवकाशप्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराको उपस्थिती थियो ।

प्रहरी महानिरीक्षक कुंवरले छलफलमा आएका राय सुझावहरूलाई समेटी विधेयक सम्बन्धमा आगामी कार्यक्रम एवम् रणनीति तय गरिने बताएका छन् । छलफलमा सुरक्षा तथा न्याय अध्ययन केन्द्रको तर्फबाट पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याललेअध्ययन केन्द्रको काम कर्तव्यको बारेमा आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले विधेयक सम्बन्धमा नेपाल प्रहरीको तर्फबाट राय सुझाव दिन गठित समितिको तर्फबाट प्रस्तुतीकरण दिएका थिए ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १० : ५६ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा