संसार पहिले भन्दा आज केही स्वस्थ र धनी छ। अझ प्राविधिक रुपमा त झन उन्नत हुँदै गएको छ। विकासको मानक नै प्रविधि बनेको छ भन्दा फरक पर्दैन। समृद्ध देशले मानव र आर्थिक विकासका मुख्य क्षेत्रमा ठूलो सुधार गरेका छन्। संसारमा विकासको लहर तीव्र बनेको सत्य हाम्रा आँखा अगाडि छर्लङ्ग छ। हुन त त्यो विकासभित्र एउटा सम्पन्न जीवनयापन कसरी सम्भव छ भन्ने अहँ प्रश्न छ।
विश्व जगतलाई आधुनिकताको नामाकरण गरिएको लामो अन्तरालमा आधुनिक प्रविधिको विकास मात्र विश्व समुदायले गरेको उल्लेखनीय अनुभव हो। भन्नुको तात्पर्य आज प्रविधिको विकासमा मानव जगतले ठूलो छलाङ्ग मारेको छ।
प्रविधिको बढ्दो विकाससँगै मानव जीवनमा धेरै सहजता आए पनि त्यसबाट नयाँ नयाँ चुनौतीका पहाड उभिएका छन्। मानव स्वास्थ्यलाई प्राकृतिक रुपमा कसरी दीघार्यु बनाउन सकिन्छ भन्ने विचारको अभाव भइरहँदा कृत्रिम प्रविधिको प्रयोग वा त्यसप्रतिको लगाव बढ्दो छ।
प्रविधिको बढ्दो विकाससँगै मानव जीवनमा धेरै सहजता आए पनि त्यसबाट नयाँ नयाँ चुनौतीका पहाड उभिएका छन्।
विभिन्न संरचनाको विकास गरेर आउने पुस्तालाई एउटा उपहार दिन सकिन्छ कि भनेर जत्तिनै ढोल बजाए पनि त्यसको असर पनि त होला भन्ने तर्फ पर्याप्त ध्यान पुगेको देखिदैन। व्यस्त समाजमा प्रविधिको विकासले आफूलाई आवश्यक कुराको सही प्रयोग गर्दा त्यसले धेरै फाइदा दिएको उदाहरण हाम्रो आफ्नै विभिन्न अनुभवबाट लिनसक्छौं। तर को के मा व्यस्त र कति व्यस्त भन्ने कुरालाई जीवनसँग सन्तुलन गर्न नसक्दा यसबाट आफैंलाई हानी पुग्छ भन्ने भान प्रत्येकलाई हुन जरुरी छ।
प्रत्येक मानिसलाई जिउनको लागि धेरै चीजको आवश्यकता रहन्छ। तर स्वार्थी भावनाबाट प्रभावित आफ्नो मात्र आवश्यकताको परिपूर्ति गर्न तल्लिन हुँदा अरुप्रतिको जिम्मेवारी पूरा गर्नु पनि त एउटा जीवनलाई अघि बढाउने सफलताको मार्ग हो भन्ने बुझ्न जरुरी छ। आज धेरै जनाको यही समस्या हो। गुजाराको लागि सबैले जसोतसो केही सफलता हासिल गरेर अघि बढ्ने प्रयास चलिनै रहन्छ। तर आजको आवश्यकता त्यति नै मात्रमा सीमित छैन्। मानिसमा सहज जीवनका लागि आवश्यकता परिपूर्ति गर्ने चाह बढिरहेको छ। केहीले तिनको विकल्प पाएका छन् र लगातार अघि बढिरहेका छन्। तर त्यस्तो जमात पनि त छ, जसलाई मानव मनले इच्छाएको परिपूर्ति गर्न नपाउँदा मानसिक तनावको सागरमा डुब्नु परेको छ। यसमा प्रविधिमात्रै अन्तिम विकल्प हो भन्ने सोच्नेहरुले अर्को विकल्पमा घोत्लिनुपर्ने अवस्था आएको छ।
प्रविधिमात्रै अन्तिम विकल्प हो भन्ने सोच्नेहरुले अर्को विकल्पमा घोत्लिनुपर्ने अवस्था आएको छ। प्रविधिमै मात्र रमाउनु आफ्नै पतनको अर्को नाम हो।
प्रविधि त एउटा सहजताको पाटो न हो। तर यसमै मात्र रमाउनु आफ्नै पतनको अर्को नाम हो। भावी पुस्ताले यो संस्कारलाई बुझेर तोड्न सकेनन् भने संसारको अस्तित्व बेग्लै हुन कत्तिबेर नलाग्ला। पहिले अन्जानमा सम्बन्ध त जोडिएला। तत्पश्चात् आउने विभिन्न खाले उतारचढाब नै निरन्तरताको लागि ठूलो प्रश्न हुनेछ।
सन् २०१३ मा निर्माण भएको हलिउड चलचित्र ‘हर’ “HER” एउटा साइन्स फिक्सन रोमान्टिक ड्रामामा आधारित चलचित्र हो। जसमा प्रविधिले मानवीय सम्बन्धलाई आकार दिने र घनिष्टताको हाम्रो परम्परागत धारणालाई चुनौती दिने तरिका खोज्छ। स्पाईक जोन्सद्वारा निर्देशन गरिएको यो चलचित्रमा हलिउड नायिका स्कारलेट जोन्सनको भूमिका उत्कृष्ट छ।
यस अर्थमा जसले संचारको मात्र होइन तर सुन्नको विशेषाधिकारको आवश्यकतालाई पुनजीर्वित गर्दछ। “HER” भावनात्मक रुपमा अग्रगामी हुनु कस्तो हुन्छ भन्ने कुराको अन्वेषण हो, कृत्रिम पुनः परिभाषाको साथ एक्लै नहुनुको विकसित आवश्यतकतालाई पूरा गर्ने प्रयास हो।
सन् २०१३ मा निर्माण भएको हलिउड चलचित्र ‘हर’ साइन्स फिक्सन रोमान्टिक ड्रामामा आधारित छ। जसमा प्रविधिले मानवीय सम्बन्धलाई आकार दिने र घनिष्टताको हाम्रो परम्परागत धारणालाई चुनौती दिने तरिका खोज्छ।
चलचित्रका प्रमुख पात्र थियोड्रे (जोकिन फिनिक्स) हुन्। उनको सुन्दर वैवाहिक जीवनमा जब ग्रहण लाग्दछ तब उनी अपरेटिङ्ग सिस्टमसँग मोहित हुन्छन्, जुन कथित रुपमा आफ्नै अधिकारमा एक सहज र अद्वितीय इकाईको रुपमा विकसित हुन्छ। यहाँ अपरेटिङ्ग सिस्टम जसमा “सामन्था” एउटा उपकरण हो, जसमा महिलाको आवाज स्थापित गरिएको छ। आफ्नो वैवाहिक जीवनको अन्त्य पछि एक्लोपनको सिकार झेलिरहेको थियोड्रे सोही उपकरणमा स्थापित गरिएको कार्यक्रम सुरु गर्छन् र जहाँ उनको भेट सामन्थासँग हुन्छ।
सामन्थाको उज्यालो आवाजले संवेदनशील, चञ्चल व्यक्तित्व प्रकट गर्दछ। रमाइलो पक्ष भनेको प्रोग्रामिङ्ग गरिएको उपकरणमा सामन्थाको बहुकार्य र हजारौं मानिससँगको एकै पटक जोडिन सक्ने क्षमताले उनलाई थियोड्रेसँगको सम्बन्धको आवश्यकतालाई बढाउँछ। साथीबाट सुरु भएको सम्बन्ध चाँडै प्रेममा परिणत हुन्छ। यसले थियोड्रेको प्रेमको बुझाइलाई चुनौती दिन्छ र मानव भावनाहरुको जटिलतालाई प्रमुखताका साथ प्रस्तुत गर्दछ।
चलचित्रले मानव र मेसिनबीचको प्रेम र सम्बन्धको महत्त्वलाई जोड दिएको छ। यो स्पष्ट छ कि सामन्थाले थियोड्रेलाई संसारमा कम एक्लो महसुस गर्न मदत गरेको छ। थियोड्रे आफ्नो जीवनको बारेमा बढी सकारात्मक भएको छ र आफूलाई एक्लोपनबाट बाहिर निकाल्न थालेको छ। यो देखाएको छ जब उसले अन्ततः आसन्न सम्बन्ध विच्छेदका कागजातमा हस्ताक्षर गर्दछ र आधिकारिक रुपमा आफ्नो भौतिक श्रीमती क्याथरिनसँग आफ्नो विवाह समाप्त गर्दछ।
चलचित्रले मानव र मेसिनबीचको प्रेम र सम्बन्धको महत्त्वलाई जोड दिएको छ। यो स्पष्ट छ कि सामन्थाले थियोड्रेलाई संसारमा कम एक्लो महसुस गर्न मदत गरेको छ।
चलचित्रमा ट्वीस्ट कतिबेला आउँछ भन्दा थियोड्रे र सामन्थाले केही तनाव साझा गर्छन् तर दुवैले त्यसमा हार मान्दैनन्। उनीहरु आफ्नो सम्बन्धलाई निरन्तरता दिन्छन्। यद्धपि यसबिच सामन्थाको आर्टिफिसियल इन्टेलिजेन्स तीब्र रुपमा बढ्दै गइरहेको हुन्छ। प्रारम्भमा सामन्थालाई मानिसको बारेमा वास्तविक हुनु र शरीर भएको विषयमा पागल देखाइएको छ।
मानिसहरु उनको सन्दर्भका बिन्दु हुन् किनकि उनीहरुले नै उनलाई जन्म दिएका छन्। विस्तारै, सामन्था र अन्य सबै एआई-ओएसले कसरी शरीर, मेसिन र समयले तिनीहरुलाई सीमित राख्छ भनेर बुझ्छन्। अन्त्यमा सामन्थाले अन्तिम पटक थियोड्रेलाई फोन गर्दै भन्छिन्- उनी जाँदैछिन्, अर्थात् सबै ओएसहरु जाँदैछन्। यसको अर्थ ओएसहरु मानिसहरु जस्तै बनाइएका थिएनन्। तिनीहरु एक भर्चुअल स्पेसमा काम गर्नका लागि थिए, मानव शरीर जस्तो स्थिर पदार्थ उनीहरु भित्र छैन्।
चलचित्र ‘हर’ “HER” को अन्त्यले प्रविधिको भविष्य र मानव सम्बन्धमा यसको प्रभावको बारेमा प्रश्न उठाउँछ। हाम्रो जीवनमा प्रविधिको द्रूत रुपमा अगाडि बढिरहेको भूमिका र मानव भविष्यको लागि यसको अर्थ के हो भनेर प्रतिबिम्बित गर्न प्रेरित गर्दछ।
चलचित्रमा मुख्यतया मानव प्रेम र सम्बन्धको महत्त्वलाई जोड दिइएको देखिन्छ। जबकि भर्चुअल वास्तविकताले असहज भावनाबाट मोहक विचलन प्रदान गर्नसक्छ।
चलचित्रमा मुख्यतया मानव प्रेम र सम्बन्धको महत्त्वलाई जोड दिइएको देखिन्छ। जबकि भर्चुअल वास्तविकताले असहज भावनाबाट मोहक विचलन प्रदान गर्नसक्छ। यसले मानव पे्रमको गहिराई र अपरिवर्तनीय प्रारुपलाई प्रतिस्थापन गर्न सक्दैन। आजको परिप्रेक्ष्यमा डिजिटल उपकरणको भविष्य र तिनीहरुमा मानिसको निर्भरतालाई प्रश्न गर्दछ। मानव सम्बन्धमा प्रविधिको प्रभावलाई विचार गर्न धकेल्छ।
प्रतिक्रिया