काठमाडौं महानगरमा ५६ हजार बढीले गरे स्वास्थ्य बीमा | Khabarhub Khabarhub

काठमाडौं महानगरमा ५६ हजार बढीले गरे स्वास्थ्य बीमा


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालीकाका ५६ हजार नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । 

मेयर बालेन्द्र शाह (बालेन)का अनुसार अहिलेसम्म ५६ हजार ६७३ जना महानगरबासी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका हुन् । 

यसमा १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति छन्।

आर्थिक वर्ष २०८१-०८२ मा महानगरपालिकाबाट १ लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरियो । उनीहरूमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, ‘यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नवीकरण गरिए । १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरियो । १ हजार ८७ जनाको विपन्न नागरिक उपचार शिफारिस भयो । वेवारिसे, विपन्न र वेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरियो । नसर्ने रोग स्क्रिनिङ् महाअभियान अन्तर्गत २६ हजार १९ जनाको जाँच गरियो । किशोरीहरूको रक्तअल्पता स्क्रिनिङ् कार्यक्रममा २ हजार ३ सय किशोरीहरूको परीक्षण गरियो । १ हजार २२२ पिन्ट निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराइयो ।’

साथै वडा नम्बर १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स रे सेवा प्रारम्भ गरिएको बातएका छन् । महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र पनि स्थापना गरिएको जानकारी दिए।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : १८ बजे

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौं– पाँचथरस्थित तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम

ला लिगा – शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड

पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै

बागलुङ– निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७