कांग्रेस–एमाले सरकारलाई गल्ती गर्ने छुट छैन : शेखर कोइराला « Khabarhub

कांग्रेस–एमाले सरकारलाई गल्ती गर्ने छुट छैन : शेखर कोइराला


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई ठूला दल कांग्रेस–एमाले एकै ठाउँमा उभिएकाले उनीहरूलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।

बीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौँमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै उनले अब जनताले सुशासनको अनुभूति हुने गरि सरकारले काम गर्नुपर्ने बताए ।

अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकाले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा उनको जोड थियो ।

कोइरालाले देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको समेत बताए । उनले भने, ‘अब पनि दुई ठूला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ ।’

आफ्नो पार्टी सरकारमा छ त्यसैले उनीहरूले गरेका सबै काम ठिक छ भनेर चुप लागेर बस्न नहुने उनको तर्क थियो ।

कोइरालाले मन्त्रीहरूले गलत काम गरे उनीहरूको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरे । उनले भने, ‘जनभावना विरोधी काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ ।’

बीपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिँड्न नसकेको उनको गुनासो छ ।

उनले भने, ‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पूर्वको साथीलाई दुख्थ्यो । पूर्वको साथीको पीडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफूलाई बीपीका अनुयायी भन्छौँ तर स्वार्थमा परेर आफू–आफूमै लड्छौँ। बीपीले त यस्तो कहिल्यै सिकाउनु भएन । हिजोको त्यो आत्मियता कहाँ गयो ?’

 

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ११ : ५३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर