अघिल्लो सरकारले भन्दा राम्रो काम गर्छौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

अघिल्लो सरकारले भन्दा राम्रो काम गर्छौँ : उपप्रधानमन्त्री सिंह


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले यसअघिको सरकारले भन्दा राम्रो काम गर्ने दाबी गरेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गर्दै उनले जनताको चाहनाअनुसार काम हुन नसकेकाले काङ्ग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको बताए ।

‘यो सरकार संसदको पहिलो र दोस्रो दल मिलेर बनेको छ । यसरी सरकार बनाउनुपर्ने अवस्था कसरी आयो भने यो भन्दा अगाडिको सरकार टिक्न सकेन । राजनीतिक अस्थिरता भयो । जनताको चाहनाअनुसार काम हुन सकेन,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यो सरकारले अगाडिको सरकारले भन्दा राम्रो पर्फमेन्स गर्छ । जनतामा आशा जगाउने गरी काम गर्नेछ ।’

विकास निर्माणको काम एकै दिनमा नहुने र समय लाग्ने भन्दै उनले नेपालको अवस्था बुझ्न पनि आग्रह गरे ।

जनतासँग प्रत्यक्ष जोडिएको सरकार स्थानीय सरकार भएको भन्दै सिंहले स्थानीय सरकारलाई सुव्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री सिंहले सम्पदा र आफ्नो पहिचानको रक्षा हुने गरी तारकेश्वरलाई आधुनिक नगरपालिका बनाउन सुझाव दिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १२ : ५९ बजे

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै